"> सुदूरपश्चिम प्रदेश: विदेशबाट आएकालाई अनिवार्य क्‍वारेन्टाइन, लकडाउनमा थप कडाइ: Dekhapadhi
सुदूरपश्चिम प्रदेश: विदेशबाट आएकालाई अनिवार्य क्‍वारेन्टाइन, लकडाउनमा थप कडाइ
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले नेपाल बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बसाउने र लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको कोरोना भाइरस रोग (कोभिड-१९) नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो।

अप्रत्याशितरूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि कुनै पनि कसर बाँकी नराख्ने गरी बैठकले बाहिरबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा बस्न र स्वास्थ्य उपचारसहितको व्यवस्थापनमा जोड दिन स्थानीय सरकारलाई निर्देशन दिएको छ।

प्रदेश सरकारले लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्न तथा गराउन स्थानीय तहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्न निर्देशन दिएको छ।

त्यसैगरी भाइरसको रोकथाम तथा नियन्त्रणमा लागिपरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवीको प्रशंसा गर्दै भैपरी आउने समस्यासँग जुध्न तम्तयार अवस्थामा रहन आग्रहसमेत गरिएकाे छ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सरकारी निर्देशन अटेरी गर्ने व्यक्तिलाई 'अन द स्पट' कारबाही गर्न जिल्ला प्रशासनलाई आग्रह गरिएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्