कोरोना भाइरसबारे न्यूयोर्ककी एक डाक्टरको चेतावनी: आकाश खस्दै छ’ शीर्षकको आलेख ६ चैतमा न्यूयोर्क टाइम्समा प्रकाशित भयो। तत्कालै भाइरल भएको उक्त आर्टिकलले कोलम्बिया विश्वविद्यालको डिपार्टमेन्ट अफ सर्जरीकी बाल शल्य चिकित्सक कर्नेलिया ग्रिग्सलाई संसारभर चिनयो। त्यसको १० दिनपछि १६ चैतमा उनले गरेको एउटा ट्वीट अहिलेसम्म पनि सामाजिक सञ्जालमा चर्चामा छ।
पीपीईले पूरै शरीर छोपिएकाले नचिनिने भएको तस्वीर पोष्ट गर्दै उनले आफ्ना सन्तानलाई गरेको हृदयस्पर्शी आव्हानले धेरैको ध्यान खिचेको छ। दुई सन्तानकी आमा डा. ग्रिग्सले कोभिड १९ का बिरामीको उपचारमा जानुअघि ट्वीटरमा आफ्नो तस्वीरसहित लेखिन्- ‘मेरा बच्चा साना भएकाले यो (ट्वीट) पढ्न सक्दैनन्। उनीहरूले मलाई यो भेषमा देखे भने चिन्ने पनि छैनन्। यो कोभिड-१९ को लडाईंमा तिनले मलाई गुमाउनुपर्यो भने, म चाहन्छु कि उनीहरूले यो बुझुन्-तिनकी आमाले अन्तिम समयसम्म कर्तव्य निर्वाह गर्ने धेरै नै कोशिस गरेकी थिइन्।’
डा. ग्रिग्सको यो ट्वीटले चिकित्सकहरूले एकातर्फ कुन हदको हिम्मत, साहस र प्रतिबद्धताका साथ कोभिड १९सँग जुधिरहेका बिरामीको सेवा गरिरहेका छन् भन्ने देखाउँछ भने अर्कोतर्फ उनीहरूको पेशाप्रतिको निष्ठा। उनले ट्वीटको अन्तिममा ह्यासट्याग गेट मी पीपीई (#GetMePPE) प्रयोग गरेकी थिइन्। आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचारमा खटेका चिकित्सकलाई अत्यावश्यक सुरक्षा सामग्रीको पूर्ति गर्नैपर्ने सवाल पनि उनले उठाएकी छन्।
२० चैत साँझ ट्वीटरमा उनले आफ्नो अर्को तस्वीर पोष्ट गर्दै छोरीसँगको संवाद राखेकी छन्। आईफोनको फेसटाइममा भएको उक्त संवादमा उनकी छोरीले भन्छिन्- ‘ममी के तपाई मलाई लिन आउनुहुन्छ रु मलाई न्यूयोर्कमा हाम्रो घर आउन मन छ।’
‘मेरी प्यारी! म पनि चाहन्छु कि तिमलाई लिन आउँ। तिमी हजुरबुवा सँगै सुरक्षित बस। ममीले अस्पतालमा थुप्रै किटाणु सफा गर्नुछ।’
छोरीले मुस्कुराउँदै भन्छिन्- ‘हुन्छ ममी। म पर्खिनेछु।’
११ चैतमा अर्को एउटा ट्वीटमार्फत् पनि डा. ग्रिग्सले स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीई माग गरेकी थिइन्। ह्यासट्याग गेट मी पीपीई (GetMePPE) प्रयोग गर्दै उनी लेख्छिन्- स्वास्थ्यकर्मीहरू, म तपाईंहरूको साथमै छु। तपाईंहरूसँगै उभिएकी छु। हाम्रा बिरामी र हाम्रो आफ्नै जीवन बचाउनका लागि लड्न रोकिने छैन।'
५ चैतमा उनले अमेरीकी उपराष्ट्रपति माइक पेन्स र यूयोर्क शहरका गभर्नर एन्ड्रयू कुमोलाई मेन्सन गर्दै अस्पतालहरूमा पीपीई सकिँदै गएको ध्यानाकर्षण गराएकी थिइन्। ‘भर्खरै ताते-ताते हिँड्न शुरू गरेका हाम्रा दुई सन्तानलाई टुहुरा नबनाउनू। अस्पतालमा मास्क, पन्जा र आँखाको सुरक्षामा लगाउने सामग्री सकिँदै गएका छन्।’
हार्वड र कोलम्बिया विश्वविद्यालय पढेकी डा. ग्रिग्सका श्रीमान पनि चिकित्सक हुन्। उनीहरूका दुई सन्तान छन्। डा. ग्रिग्सकी आमा जिल एलेन अब्रामसन पत्रकार र लेखक हुन्। उनी सन् २०११ देखि २०१४ सम्म न्यूयोर्क टाइम्सको ‘एक्जुकेटिभ एडिटर’ थिइन्। न्यूयोर्क टाइम्सको करीब १६० वर्षको इतिहासमा उक्त पदमा पुग्ने अब्रामसन पहिलो महिला हुन्।