जनकपुर अस्पतालमा परीक्षण भएका चारवटै रिपोर्ट ‘नेगेटिभ’
जनकपुर। जनकपुरस्थित प्रादेशिक अस्पतालमा गरिएकाे काेभिड-१९ का शंकास्पद चारजनाको स्वाब परीक्षणमा सबैकाे रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलन गर्दै साे जानकारी गराएका हुन्।

प्रदेश २ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि काठमाडाैं पठाइएकाे छ। आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४१ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।

यस प्रदेशको आठवटै जिल्ला गरी १३६ वटा क्वारेन्टाइनमा दुई हजार ७३५ वटा शय्या छ । सोमध्ये ९६८ जना क्वारेन्टाइनमा, ८७ वटा आइसोलेसन शय्यामा २२ जना छ भने एक हजार ६ जना होम क्वारेन्टाइनमा बसेको सचिव घिमिरेले जानकारी गराए।

उनका अनुसार सप्तरीको ३० वटा क्वारेन्टाइनमा २९९ जना, होम क्वारेन्टाइनमा ४८ जना र एकजना आइसोलेसनमा छन्। सिरहाको १९ वटा क्वारेन्टाइनमा १२७ जना र ७७ जना होम क्वारेन्टाइनमा छन्।

धनुषाको १६ वटा क्वारेन्टाइनमा ८२ जना, होम क्वारेन्टाइनमा ४० जना र सातजना आइसोलेसनमा छन्। महोत्तरीको १६ वटा क्वारेन्टाइनमा ४४ जना र ७७५ जना होम क्वारेन्टाइन छन् भने सर्लाहीको १६ वटा क्वारेन्टाइनमा ५३ जना, ३२ जना होम क्वारेन्टाइनमा छन् र रौतहटको १६ वटा क्वारेन्टाइनमा २१५ जना र चारजना होम क्वारेन्टाइनमा बसेका छन्।

पर्साको ९ वटा क्वारेन्टाइनमा ९८ जना, पाँचजना होम क्वारेन्टाइनमा र पाँचजना आइसोलेसनमा छन् भने बाराको १४ वटा क्वारेन्टाइनमा ५० जना, २५ जना होम क्वारेन्टाइनमा र ९ जना आइसोलेसनमा छन्। उनीहरू ९ जना भारतमा सम्पन्न धार्मिक कार्यक्रमबाट फर्केका व्यक्ति रहेकाे सचिव घिमिरेले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्