धनगढीमा दुईजना संक्रमित परिवारका सातजनाको कोभिड-१९ रिपोर्ट नेगेटिभ आयो
कैलाली। धनगढीका एउटै परिवारका दुई जना कोरोना संक्रमित भेटिए पनि अन्य सात सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।

दुबईबाट आएका धनगढी उपमहानगरपालिका-५ का ३४ बर्षिय युवकका १० जना परिवारका सदस्यको १९ गते नमूना संकलन गरिएको थियो। १० जनामा सात जनाको नेगेटिभ, एक जनाको पोजेटिभ र बाँकी दुई जनाको रिपोर्ट आउँन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

उनले दुई जनाको रिपोर्ट प्राप्त नभएको बताउदै संक्रमित युवकका एक जना परिवारका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि फेरि अन्यको पनि परीक्षण गर्ने वा नगर्ने भन्ने विषयमा टुङगो लागि नसकेको पनि बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्