काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ बाट जोगिन अब १४ दिनको क्वारेन्टाइन पर्याप्त नहुने निष्कर्ष निकालेको छ।
आज आयोजित नियमित प्रेस ब्रिफिङगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब १४ दिनको क्वारेन्टाइनको अवधि पनि थप गरिने बताए।
तर, कति दिन थप गर्ने भन्ने चाहिँ खुलाएनन्।
“हामीले १४ दिन क्वारेन्टाइनमा राखेर हेर्दा धेरैको अवस्था राम्रो देखियो तर, कतिपयको १४ दिन कटेपछि पनि पुनः परीक्षण गर्दा कोरोना भाइरस परीक्षण पोजिटिभ देखिएको छ”, उनले भने, “अहिले लकडाउन पनि सबैलाई क्वारेन्टाइनमा बस्नका लागि हो, आफ्नो र अरुको समेत स्वास्थ्यको ख्याल गरेर राम्रोसँग क्वारेन्टाइनमा बसिदिनुहोला।”
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ बाट जोगिन अब १४ दिनको क्वारेन्टाइन पर्याप्त नहुने निष्कर्ष निकालेको छ।आज आयोजित नियमित प्रेस ब्रिफिङगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब १४ दिनको क्वारेन्टाइनको अवधि पनि थप गरिने बताए।

">