काठमाडौं। रोग, सन्त्रास र मृत्युको भय मात्र होइन, थुप्रै नयाँपन पनि सँगै ल्याएको छ कोभिड-१९ महामारीले। त्यसमध्ये एउटा हो, वर्क फ्रम होम (घरबाटै काम)।
पहिले कहिलेकाहीँ कुनै कुनै कार्यालयले एक/दुई दिनका लागि विशेष परिस्थितिमा घरबाटै काम गर्ने सहुलियत दिन्थे। तर, अहिले यो अभ्यास अनिवार्य बनेको छ। लामो समयसम्म घरबाटै काम गर्दा कत्तिको सहज, असहज महसुस भइरहेको छ त ? हामीले विभिन्न क्षेत्रमा काम गर्ने तीन जनाको अनुभवलाई यहाँ समेट्ने प्रयास गरेका छौँ।
रोशन झा
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)
म यूएनडीपीका लागि सूचना संकलन र विश्लेषणको काम गर्छु। सामान्यतः मैले दैनिक ५ घण्टा देखि ८ घण्टासम्म काम गर्नुपर्थ्यो। यूएनडीपीले लकडाउन भन्दा अगाडिदेखि नै ‘वर्क फ्रम होम’ लागू गरेको थियो। त्यसैले म मेरो घर धनुषाको नगराइन नगरपालिका आइपुगेको छु। मेरो काम भने तीन घण्टामा झरेको छ।
काम गर्न सबैभन्दा पहिला माहौल चाहिन्छ। अफिसमा हुने माहौल घरमा हुँदैन। मेरो काम स्थानीय सरकारहरूले कोभिड-१९ बाट जोगिन गरिरहेका कामहरूको सूचना संकलन र विश्लेषण हो। यसका लागि एकदमै धेरै एकाग्रता चाहिन्छ। घरमा त्यस्तो एकाग्रता हुँदैन। मेरो त स्थानीय तहले कोभिड-१९ बाट बच्न गरिरहेका काम र सूचनाहरू विश्लेषण गर्ने काम हो, एकदम एकाग्रता चाहिन्छ। तर, घरमा त्यो नहुने भएकाले गरेको काम उत्पादनमूलक नहोला भन्ने पीर छ।
मैले घरमै बसेर काम गरेको भने पहिलोपटक होइन। पहिला पनि बेला बेलामा घरमा बसेर काम गर्थेँ। तर, त्यतिबेला घरमा सबैजना हुन्थेनन्। शान्त माहौल हुन्थ्यो। अहिले लकडाउनका कारण घरमा सबैजना छन्। र, यो समयलाई सबैले रमाइलो तरिकाले मनाउन चाहन्छन्।
बच्चाहरू खेल्न चाहन्छन्। आमा बा गफ गर्न चाहन्छन्। गाउँमा त झन् हरेक दिन बोका काटेर रमाइलो गरिरहेका छन्। सबैलाई यो फन टाइम हो भन्ने लागिरहेको छ। तर, त्यही बेलामा आफू मात्रै ल्यापटप लिएर काम गर्न बस्दा काममा ध्यान नै जान्न।
घरमा कसैले काम गरिरहेका बेलामा डिस्टर्ब गर्नुहुन्न। तर, सबैजना एउटा कोठामा रमाइलो गरिरहँदा आफूले काम गर्नु परेपछि इग्नोर गर्न गाह्रो हुन्छ।
नवराज मैनाली
पत्रकार, नयाँ पत्रिका दैनिक
घरमै बसेर काम गर्दा फोनकै भरमा स्रोतहरूसँग कुरा गनुपर्ने, सूचना लिनुपर्ने भएकाले थोरै गाह्रो नभएको होइन। तर, पनि घरमै रहेर काम गर्दा इन्जोय गरिरहेको छु।
अफिसबाटै मिटिङ हुन्छ, काम गरिन्छ। यो नयाँ अनुभव हो मेरो लागि। पहिले काममा गएर राति राति घरमा आउँदा परिवारसँग समय बिताउन पाइँदैन थियो। अहिले २४ सै घण्टा परिवारसँग बसेर काम पनि गर्न पाइरहँदा खुशी लागेको छ।
सुजाता ढुंगाना
द स्टोरी किचेन
हाम्रो अफिसले लकडाउन शुरू हुनुभन्दा एक हप्ता अघिदेखि नै वर्क फ्रम होम शुरू गरेको थियो।
बिहानै भर्चुअल्ली अफिसको बैठक हुन्छ। त्यसपछि काममा लाग्छु।
द स्टोरी किचेरले नेपाली महिलाका कथालाई विभिन्न माध्यमबाट बाहिर ल्याउने काम गर्छ। मैले त्यस्तै स्टोरी तयार गर्छु।
आफूले बनाएका स्टोरी अफिसलाई इमेल गर्छु। समय व्यवस्थापनमा थोरै समस्या भए पनि काम गर्ने सोंचले बसेपछि खासै असहज नहुँदो रैछ। घरमा केटाकेटी नभएकोले पनि होला, काम गर्न असहज भएको छैन।
" /> काठमाडौं। रोग, सन्त्रास र मृत्युको भय मात्र होइन, थुप्रै नयाँपन पनि सँगै ल्याएको छ कोभिड-१९ महामारीले। त्यसमध्ये एउटा हो, वर्क फ्रम होम (घरबाटै काम)।पहिले कहिलेकाहीँ कुनै कुनै कार्यालयले एक/दुई दिनका लागि विशेष परिस्थितिमा घरबाटै काम गर्ने सहुलियत दिन्थे। तर, अहिले यो अभ्यास अनिवार्य बनेको छ। लामो समयसम्म घरबाटै काम गर्दा कत्तिको सहज, असहज महसुस भइरहेको छ त ? हामीले विभिन्न क्षेत्रमा काम गर्ने तीन जनाको अनुभवलाई यहाँ समेट्ने प्रयास गरेका छौँ।

">