कंचनपुरमा बाहिरबाट आएकालाई अनिवार्य लकडाउनमा कडाइ
बाहिरबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि अझै कतिले त्यसको हेलचेक्रयाँई गरेको ठहर गर्दै सबै संयन्त्र परिचालन गरेर क्वारेन्टाइनलाई कडाइ गर्ने निर्णय गरिएको कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।
भारतलगायत विदेशबाट आएकाहरूको अझ निहीन खोजी गरी उनीहरू अनिवार्य क्वारेन्टाइनमा बसे नबसेको निगरानी गरिने भएको हो।
त्यसको लागि स्थानीय तह र सुरक्षाकर्मीको युनिटहरूसँग समन्वय बढाइने छ।
खतिवडाका अनुसार कोरोनाको त्रास शुरू भएसँगै नेपाल-भारत सीमाको कंचनपुर नाका हुँदै एक लाखको हाराहारीमा नेपालीहरू घर फर्किएका छन्।
लकडाउनको समयमा नाका बन्द भएपछि सीमामा अलपत्र परेका हजारौं नेपाली अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने शर्तमा घर फर्काइएको थियो। तर, यो शर्त पूर्ण पालना हुन नसकेको प्रशासनको ठहर छ।
उनीहरूमध्ये कतिपय सिन्धुली, सिरहाका वासिन्दासमेत छन्।
त्यस्तै लकडाउको समयमा आवागमनलाई पुरै बन्द गरिने छ।
"सावधानी र सतर्क बन्न जुनसुकै निर्णय पनि गर्न बाध्य हुनेछौँ। त्यो कठोरजस्तो देखिने किन नहोस्। जनताकै स्वास्थ्य सुरक्षाक लागि हो", सीडीओले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्