शाहरुख खानले कोभिड-१९ क्वारेन्टाइनलाई दिए आफ्नो अफिस
<p>मुम्बई। बलिउड अभिनेता शाहरुख खानले मुम्बईस्थित आफ्नो कार्यालय कोभिड-१९ का बिरामीलाई क्‍वारेन्टाइन सेन्टर बनाउन सरकारलाई हस्तान्तरण गरेका छन्।</p>
<p>बीबीसीका अनुसार चारतले आफ्नो कार्यालय भवनमा बालबालिका, महिला र ज्येष्‍ठ नागरिकको हेरचाह गर्न शाहरुखले सरकारलाई जिम्मा लगाएका हुन्। बृहन्मुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत शाहरुखको निर्णय पुष्‍टी गरेको छ। र, बलिउड अभिनेताको विवेकपूर्ण फैसला गरेका प्रशंसा गरेको छ।</p>
<p>केन्द्रीय गृहमन्त्री अमित शाह, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, महाराष्‍ट्रका मुख्यमन्त्री उद्धव ठाकरे, पश्‍चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीलगायत नेताले शाहरुखको कदमको सराहना गरेका छन्।</p>
<p>यसअघि उनले स्वास्थ्यकर्मीहरूलाई ५० हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)का लागि रकम दिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्