कोरोना संक्रमित युवकको परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ

कैलाली । धनगढी-५ का कोरोना संक्रमित युवककी भाउजूबाहेक परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीका अनुसार संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, बुवा, आमा, दाजु, भतिजी र अर्का एक आफन्तको रिपोर्ट नेगेटिभ आएको छ ।

परिवारका आठ जना सदस्यको थ्रोट स्वाब संकलन गरिएकामा उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट भने पोजिटिभ आएको छ ।

परीक्षणका लागि काठमाडौं पठाइएको उनलाई मोटरसाइकलमा अस्पताल पुर्‍याउने युवक र मामाको छोराको रिपोर्ट भने अझै नआएको डाक्टर जोशीले बताए ।

हाल सेती प्रादेशिक अस्पतालमा कैलालीका तीन र कञ्‍चनपुरका एक गरी चार संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्