धुलिखेल अस्पतालमा कोभिड-१९ परीक्षण शुरू
पहिलो चरणमा साताको दुई दिन मात्रै शंकास्पद व्यक्तहरूको नमूना परीक्षण गरिने अस्पतालले जनाएको छ।
आवश्यकताको आधारमा परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूले बताए।
“पर्याप्त पीपीई, परीक्षण किटलगायतका सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो”, उनले भने।
बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि धुलिखेल नगरपालिकामार्फत् अस्पताललाई २० लाख रूपैयाँ दिएको छ।
प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए।
उनका अनुसार धुलिखेल अस्पतामा कोभिड-१९ को नमूना परीक्षण शुरु भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका नागरिकलाई सहज हुनेछ।
यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौंको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्