इटालीमा कोभिड-१९ बाट १५ हजारको मृत्युपछि आशाको किरण

इटाली। कोरोना भाइरसको संक्रमण (कोभिड-१९)बाट १५ हजार तीन सय ६२ जनाको मृत्युपछि आशाको नयाँ किरण देखिएको छ।

शुक्रबारको तुलनामा शनिबार संक्रमितको संख्या कम देखिएको छ। शुक्रबार गम्भीर प्रकृतिका बिरामी चार हजार ६८ जना रहेकामा शनिबार घटेर तीन हजार नौ सय ९४ जना देखिएका छन्।

बीबीसीका अनुसार पहिलो पटक बिरामीको संख्या थोरै भए पनि घटेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

कोभिड-१९ बाट सबैभन्दा बढी मृत्यु इटालीमै भएको छ। शनिबार पनि मृतक संख्या भने ६ सय ८१ छ।

सिभिल प्रोटेक्सन डिभिजन प्रमुख एन्जेलो बोर्रेलीको भनाइमा गम्भीर प्रकृतिका बिरामी कम हुँदै जाँदा अस्पतालहरूमा चाप पनि घट्दै जानेछ। नयाँ सक्रमितको संख्या पनि घट्दो क्रममा देखिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्