लकडाउन कडाइ गरेको पहिलो दिन अटेर गर्ने २४० जनाको सवारीसाधनलाई कारबाही <p>काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या थपिएसँगै लकडाउनलाई अझ कडा बनाएको शुरू दिन नै उपत्यकाबाट आज बिहान १० बजेसम्म उपत्यकाबाट २४० वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। &nbsp;</p> <p>ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउनको उल्लंघन गरेका कारण नियन्त्रणमा लिइएका ती सवारीहरूमा २३१ दुई पांग्रे र नौ वटा चार पांग्रे सवारी छन्।</p> <p>कोभिड-१९ फैलिन नदिन ११ चैतदेखि एक साताको लागि घोषणा गरिएको लकडाउन सरकारले पुन: २५ चैत राति १२ बजेसम्म लागू हुने गरी लम्ब्याएको छ।</p> <p>आजदेखि सरकारले थप सावधानी अपनाउँदै एक प्रदेशबाट अर्को प्रदेश, जिल्ला-जिल्ला र एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्मको आवागमनलाई पनि कडाइ गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्