पाँचथरमा राहतका लागि ‘खाद्य बैंक’ <p>पाँचथर। लकडाउनका कारण जीविकोपार्जनमा समस्या भएका परिवारलाई राहत दिन पाँचथरमा &lsquo;खाद्य बैंक&rsquo; स्थापना गरिएको छ । पाँचथर उद्योग वाणिज्य संघले स्थापना बैंकमा उद्योगी, व्यवसायी र सहयोगीहरूले स्वेच्छिक रूपमा खाद्य सामग्री र रकम जम्मा गर्नसक्ने छन्।</p> <p>दाताहरूबाट चामल, दाल, नुन, तेल र नगद संकलन गरिने संघका अध्यक्ष दीपक नेपालले बताए। संकलित खाद्य सामग्री र नगद संघले जिल्लाका आठवटै स्थानीय तहलाई समानुपातिक रूपमा उपलब्ध गराउने छ। वितरण स्थानीय तह आफैँले गर्नेछन्।</p> <p>न्यून आय भएका परिवार र असंगठित मजदुरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापना गरिएको नेपालको भनाइ छ। शनिबार साँझसम्ममा बैंकमा पाँच हजार पाँच सय किलो चामल, डेढ सय किलो नुन, एक सय ६० लिटर तेल, एक सय ७५ किलो दाल र ९१ हजार रुपैयाँ जम्मा भएको छ।</p> <p>लकडाउनबाट प्रभावित विपन्&zwj;न परिवार र दैनिक ज्यालादारी गर्ने मजदुरको तथ्यांक स्थानीय तहहरूले संकलन गरिरहेका छन्। रासस#CoronaLockdown #CoronavirusOutbreak #कोभिड-१९ #कोरोना #dekh</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्