'हेमाटोलोजी' का बिरामीलाई सम्पर्क गर्न सिभिल अस्पतालले दियो चिकित्सकको नम्बर
<p>काठमाडौं। मिनभवनस्थित सिभिल सर्भिस अस्पतालले 'हेमाटोलोजी' का बिरामीहरूका लागि सिधै चिकित्सकसँग टेलिफोनबाट परामर्श लिन सकिने व्यवस्था मिलाएको छ।</p>
<p>अस्पतालले आफ्नो फेसबुक पेजमार्फत् आफ्नो समस्या वा प्रयोगशाला परीक्षणको रिपोर्टसहित डा. विशेष पौड्यालको ९८१३०१४९७८ नम्बरको भाइबरमा सम्पर्क गर्न भनेको छ।</p>
<p>लकडाउनका कारण सवारीसाधन नचल्दा बिरामीहरू अस्पताल जान सहज नहुने तथा अस्पतालहरूमा समेत अहिले आकस्मिक बाहेकका सेवा बन्द भएकाले अस्पतालले चिकित्सकसँग भाइबरमार्फत् सम्पर्कको व्यवस्था मिलाएको हो।</p>
प्रतिक्रिया दिनुहोस्