योगेशले भने- एक्लै लडेर कोभिड-१९ लाई हराउन सकिँदैन <p>काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक्लै लड्न खोजेर कोभिड-१९ विरुद्ध विजय पाउन नसकिने बताएका छन्।</p> <p>आज ट्विटमार्फत मन्त्री भट्टराईले राज्य (सरकार)का मोर्चाबाट मात्र यो रोगविरुद्ध विजय पाउन सम्भव रहेको बताएका हुन्।</p> <p>&lsquo;सबैका सकारात्मक प्रयत्नहरू सरकारी कारवाहीकै वरिपरि केन्द्रित हुनुपर्छ,&rsquo; उनले भनेका छन्, &lsquo;अर्को मोर्चा बनाएर लडाईंलाई दिग्भ्रमित गर्नु आफैंलाई सत्यानाश गर्नु हो। होस् पुर्&zwj;याउँ।&rsquo;</p> <p>अनुभवबाट कमजोरीहरू सच्चिँदै जाने कुरामा पनि उनले विश्&zwj;वास दिलाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्