उद्याेग वाणिज्य महासंघले बाँड्यो ४० हजार किलो चामल र पाँच हजार किलो दाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारलाई राहत वितरण गरेको छ।

लकडाउनको समयमा खाद्यान्न अभाव भई श्रमिकका परिवार भोकै बस्न नपरोस् भनेर आज महासंघले खाद्यान्न वितरण गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा महासंघकी अध्यक्ष भवानी राणाले विपन्न परिवारलाई राहत वितरण गरेकी हुन्।

नेपाल विज्ञापन संघको कार्यालय मीनभवनमा बाँडिएको खाद्यान्न मन्त्री भट्ट र अध्यक्ष राणाले संयुक्तरूपमा हस्तान्तरण गरे।

महासंघले ४० हजार किलो चामल र पाँच हजार किलो दाल वितरण गरेको हो।

प्रतिक्रिया दिनुहोस्