काठमाडाैं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले कोभिड-१९ परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन्।

नेपाली कांग्रेसका ७७ जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तिमा विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड-१९ को संक्रमण नेपालमा पनि बढ्न सक्ने भन्दै परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुने गरी बढाउन माग गरेका हुन्।

कांग्रेस जिल्ला सभापतिले देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गरेका छन्।

कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भारत-नेपालको सिमानामा अलपत्र परेका नेपाली र तेस्रो मुलुकमा रहेका सबैलाई नेपाल ल्याई क्वारेन्टाइनमा राख्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

मुलुकमा रहेका श्रमजीवी मजदुर र विपन्न वर्गलाई तत्काल खाद्यान्नलगायतका राहत सामग्रीको वितरणको व्यवस्था मिलाउन कांग्रेस जिल्ला सभापतिले माग गरेका हुन्। उनीहरूले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सम्पूर्ण तहमा सङ्कलन गरिएको रकम ठीक ढङ्गले वितरण र उपयोग गर्नका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्रको गठन गर्नुपर्ने माग गरेका छन्। यसैगरी, स्वास्थ्य उपकरण खरिदका लागि नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय खारेज गर्न माग गरिएको छ।

कांग्रेस जिल्ला सभापतिले पार्टीका देशभरका कार्यकर्तालाई कोरोना भाइरसबारे देशभर जनचेतना फैलाउन र आइपरेको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्। उनीहरूले कांग्रेसका जिल्ला सभापतिले यस विषम परिस्थितिमा जनताको जिउधनको रक्षा गर्न र सूचनाको हक प्रदान गर्न निरन्तर क्रियाशील सबैलाई धन्यवाद व्यक्त गरेका छन्। रासस

" /> काठमाडाैं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले कोभिड-१९ परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन्।

"> सबै जिल्लामा कोभिड-१९ परीक्षणको पहुँच विस्तार गर्न कांग्रेस जिल्ला सभापतिहरूकाे माग: Dekhapadhi
सबै जिल्लामा कोभिड-१९ परीक्षणको पहुँच विस्तार गर्न कांग्रेस जिल्ला सभापतिहरूकाे माग
काठमाडाैं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले कोभिड-१९ परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन्।

नेपाली कांग्रेसका ७७ जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तिमा विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड-१९ को संक्रमण नेपालमा पनि बढ्न सक्ने भन्दै परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुने गरी बढाउन माग गरेका हुन्।

कांग्रेस जिल्ला सभापतिले देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गरेका छन्।

कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भारत-नेपालको सिमानामा अलपत्र परेका नेपाली र तेस्रो मुलुकमा रहेका सबैलाई नेपाल ल्याई क्वारेन्टाइनमा राख्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

मुलुकमा रहेका श्रमजीवी मजदुर र विपन्न वर्गलाई तत्काल खाद्यान्नलगायतका राहत सामग्रीको वितरणको व्यवस्था मिलाउन कांग्रेस जिल्ला सभापतिले माग गरेका हुन्। उनीहरूले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सम्पूर्ण तहमा सङ्कलन गरिएको रकम ठीक ढङ्गले वितरण र उपयोग गर्नका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्रको गठन गर्नुपर्ने माग गरेका छन्। यसैगरी, स्वास्थ्य उपकरण खरिदका लागि नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय खारेज गर्न माग गरिएको छ।

कांग्रेस जिल्ला सभापतिले पार्टीका देशभरका कार्यकर्तालाई कोरोना भाइरसबारे देशभर जनचेतना फैलाउन र आइपरेको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्। उनीहरूले कांग्रेसका जिल्ला सभापतिले यस विषम परिस्थितिमा जनताको जिउधनको रक्षा गर्न र सूचनाको हक प्रदान गर्न निरन्तर क्रियाशील सबैलाई धन्यवाद व्यक्त गरेका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्