काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डा. प्रकाशशरण महतलाई अनावश्यक विचार मनबाट त्याग्न सुझाएका छन्।
सिंगो देश नै कोभिड-१९ सँग जुधिरहेका बेला नेता पौडेलले सहमतिको सरकार गठन हुनुपर्ने र सहमहामन्त्री महतले मध्यावधि निर्वाचन हुनुपर्ने अभिव्यक्ति दिएको सन्दर्भमा थापाले अनावश्यक विचार व्यक्त नगर्न भनेका हुन्। लकडाउनमा बसिरहँदा कसैको मनमा यस्तो अनावश्यक विचार उब्जेका भए मनमै दबाएर राख्न पनि नेता थापाको सुझाव छ।
यस्ता अभिव्यक्तिले सरकारी पक्षलाई विषयान्तर गर्न खुराक मिल्ने थापाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा थापाले यस्तो लेखेका छन्-
कहिले सहमतिको सरकार !
कहिले मध्यावधि निर्वाचन !!
लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै 'लक"गरिदिनुहोस्।
यस्ता विषय बहसमा आइदिँदा सरकारी "अजासु" हरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो।
कांग्रेसका बरिष्ठ नेता पौडेलले १३ चैतमा फेसबुकमार्फत जारी गरेको भिडिओ सन्देशमा कोभिड-१९सँगको लडाइँका लागि परे सहमतिको सरकार बनाउनुपर्ने धारणा राखेका थिए।
त्यस्तै नेता महतले एक टेलिभिजनमा हालसालै दिएको अन्तर्वार्तामा मध्यावधि निर्वाचनको माग गरेको भन्ने समाचारहरू आइरहेका छन्। यद्यपी महतले आफूले भनेका प्रशङ्ग तोडमोड गरी भ्रम सृजना गरिएको बताएका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डा. प्रकाशशरण महतलाई अनावश्यक विचार मनबाट त्याग्न सुझाएका छन्।

">