काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग कोभिड-१९ नियन्त्रणबारे छलफल गरेका छन्।
नेपाल कोरोना भाइरस संक्रणको दोस्रो चरणमा प्रवेश गरेलगत्तै देउवाले आज पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोन वार्ता गर्दै संकटसँग जुध्न आवश्यक रणनीति तयार पार्नुपर्ने विषयमा छलफल गरेका हुन्।
देउवाले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन वार्ता गरेको देउवाका स्वकीय सचिव भानु देउवाले देखापढीलाई बताए।
देउवाले कोरोना भाइरसँग लड्न सरकारले गरेको तयारीलाई साथ दिँदै पूर्वप्रधानमन्त्रीहरूको तर्फबाट आवश्यक रणनीति बनाउन सहयोग गर्नुपर्ने बताएका थिए। साथै, यसबेला सरकारका कमीकमजोरी छन् भने पनि सच्चाएर जानुपर्ने उल्लेख गरेका थिए।
“संकटको बेला यो, त्यो भनेर हुँदैन। सबैले मिलेर लड्नुपर्छ”, देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग भने, “कोरोनाबाट नेपाल र नेपालीलाई जोगाउन एकताबद्ध बन्नुपर्छ।”
देउवाले २१ चैतमा विज्ञप्ति निकालेर मेडिकल सामग्री खरिद प्रकरणको छानबिन अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका थिए भने कांग्रेसको तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले २२ चैतमा विज्ञप्ति निकालेर कोभिड-१९ परीक्षण तत्कालै व्यापक बनाउन माग गरेका थिए।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूरै देश लकडाउन परेको छ। सरकारले दोस्रोपटक गरेको लकडाउनको अवधि २५ चैत राति १२ बजे सकिँदैछ। तर, संक्रमितहरू भेटिइरहेकाले लकडाउन थप्ने सम्भावना रहेको बताइन्छ।
नेपालमा अहिलेसम्म नौ जनामा कोभिड-१९ देखिएको छ। एकजना निको घर फर्किसकेका छन् भने बाँकीको उपचार चलिरहेको छ।
संक्रमितमध्ये चार जनाको सेती प्रादेशिक अस्पताल धनगढी, दुई जनाको धौलागिरी अस्पताल बाग्लुङ र दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ।
" /> काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग कोभिड-१९ नियन्त्रणबारे छलफल गरेका छन्।नेपाल कोरोना भाइरस संक्रणको दोस्रो चरणमा प्रवेश गरेलगत्तै देउवाले आज पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोन वार्ता गर्दै संकटसँग जुध्न आवश्यक रणनीति तयार पार्नुपर्ने विषयमा छलफल गरेका हुन्।

">