कञ्चनपुर। कञ्चनपुरको वेदकोटका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ।

भारतको उत्तराखण्डबाट ती संक्रमित व्यक्ति १४ चैतमा लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए। “भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँचजनाको समूह हाम्रो ढोकामा आइपुग्यो”, ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने, “गाडीको पछाडिपट्टि राखेर हाम्रो टोलीले गड्डाचौकी पुर्‍याएको थियो।”

उनले सो दिन खटिएका सशस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताए। “उद्धार गरिएकामध्ये एकजनालाई संक्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा छ”, उनले भने, “हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन।”

सशस्त्र प्रहरी बलले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि संक्रमित भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिए। “अरूमा त्यस्तो कुनै समस्या छैन”, उनले भने, “संक्रमितले आश्रय लिएको बेदकोटको सुन्दरपुरमा रहेको क्वारेन्टाइन अहिले अनुगमन गरेका छौँ।”

उनले संक्रिमतसँगै क्वारेन्टाइनमा आश्रय लिएकाको अवस्था सामान्य रहेको बताए। “अहिले सुन्दरपुरको क्वारेन्टाइनमा २५ जना बस्दै आएका छन्”, उनले भने, “यहाँ क्वारेन्टाइनमा बस्न आउने बढिरहेका पनि छन्।”

कञ्चनपुरका ९ वटै स्थानीय तहले पनि भारतलगायत तेस्रो मुलुकबाट घर फर्किएकाको तथ्याङ्क सङ्कलन गरेर सावधानी अपनाउन क्वारेन्टाइन बस्न आग्रह गरेका छन्। सरकारले कञ्चनपुर, कैलाली र बागलुङमा कोरोना भाइरस परीक्षणका लागि र्‍यापिट टेस्टिङ कीट प्रयोग गर्ने निर्णय गरेको छ। “संक्रमण अरूमा नफैलियोस् भनेर सरकारले कीट प्रयोग गर्ने निर्णय गरेको हो”, सहायक प्रजिअ उपाध्यायले भने, “कीट कञ्चनपुर आइसकेपछि त्यसको तत्काल व्यवस्थापन गछौँ।” रासस

" /> कञ्चनपुर। कञ्चनपुरको वेदकोटका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ।

"> काेभिड-१९ संक्रमितलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरीको टोली सेल्फ क्‍वारेन्टाइनमा: Dekhapadhi
काेभिड-१९ संक्रमितलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरीको टोली सेल्फ क्‍वारेन्टाइनमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्