काठमाडौं। दाताहरूको सहयोगमा त्रिशक्ति क्लब तथा त्रिशक्ति महिला समूहले आज काठमाडौं महानगरपालिका-५ मा राहत वितरण गरेको छ।
पिताम्बर मुरारका र सुदिप समद्दारलगायतका दाताहरूको सहयोगमा त्रिशक्ति परिवारले ११५ जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो।
दाताहरूको सहयोगमा दैनिक ज्याला मजदुर गरेर गुजारा चलाउने अति विपन्न परिवालाई राहत वितरण गरिएको त्रिशक्ति क्लबका अध्यक्ष बालकृष्ण खड्गीले बताए।
“कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएपछि दैनिक रोजीरोटी खोसिएका परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गर्ने सोंचका साथ क्लबले दाताहरूसँग सहयोग माग्यो”, उनले भने , “उहाँहरूले पत्याउनु पनि भयो र हामीले ११५ परिवारलाई करीब १० दिनलाई खान पुग्ने खाद्यान्न वितरण गरेका हौँ।”
यसअघि काठमाडौं महानगरपालिका वडा नं. ५ ले पनि राहत वितरण गरेको थियो। वडाले राहत वितरण गर्न छुटाएका अति विपन्न परिवारको पहिचान गरेर क्लबले राहत वितरण गरेको हो।
देशलाई संकट परेको यो बेला क्लबले गरेको सहयोग उदाहरणीय र प्रशंसनीय कार्य भएको काठमाडौं क्षेत्र नम्बर ५ ‘क’ का प्रदेशसभा सदस्य सांसद नारायण सिलवाले बताए।
“लकडाउनको यो समयमा यसरी अहोरात्र खटिएर त्रिशक्ति क्लब परिवारले गरेको यो कार्यलाई अन्य क्लब तथा संघ संस्थाले समेत सिक्नु पर्ने देखिएको छ”, सिलवालले भने, “अहिले विपन्न परिवारलाई सहयोग गर्नु भनेको सरकारलाई सहयोग गर्नु हो।”
क्लबले अति निम्न वर्गहरूको पहिचान गरी राहत वितरण गरेको त्रिशक्ति महिला समूहकी अध्यक्ष बिना केसीले बताइन् ।
“हामीले चामल, दाल, गेडागुडी, चिनी, तेल, बिस्कुट, चाउचाउलगायतका खाद्यान्न वितरण गरेका हौँ” उनले भनिन्।
क्लबले भोलि एक अनाथ आश्रममा बस्ने बालबालिकालाई सहयोग गर्न जाने बताएको छ। उक्त आश्रमबाट बालबालिकालाई खुवाउने खाद्यान्न सकिएको गुनासो आएपछि क्लबले राहत दिने निर्णय गरेको हो।
" /> काठमाडौं। दाताहरूको सहयोगमा त्रिशक्ति क्लब तथा त्रिशक्ति महिला समूहले आज काठमाडौं महानगरपालिका-५ मा राहत वितरण गरेको छ।पिताम्बर मुरारका र सुदिप समद्दारलगायतका दाताहरूको सहयोगमा त्रिशक्ति परिवारले ११५ जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो।

">