काठमाडौं। सामाजिक सञ्जालहरूमा २० चैतको दिन एउटा तस्वीर सार्वजनिक भयो। केही बेरमै उक्त तस्वीर भाइरल पनि भयो।
तस्वीरमा कालिकोटको पलाता गाउँपालिकाका जनप्रतिनिधिहरूले समेत व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएको दृश्य थियो।
स्वास्थ्यकर्मीलाई पीपीईको अभाव भइरहेका बेला जनप्रतिनिधिले लगाएको भन्दै आलोचना भएपछि पलाता गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत नवीन चौहानले स्वास्थ्यकर्मीले मात्र लगाएको दाबी गरे।
त्यस्तै २० चैतमै लायन्स क्लब तथा सुरुंगा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले झापा गाउँपालिकाका तीनजना पत्रकारलाई पीपीई प्रदान गरे।
सामाजिक सञ्जालमै केही दिनअघि विद्युत् प्राधिकरणका कर्मचारीले पीपीई लगाएको तस्वीर सार्वजनिक भयो। उक्त तस्वीरको पनि निकै आलोचना भयो।
अत्यन्त संक्रामक रोग भएकाले कोभिड–१९ का बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउनुपर्छ। स्वास्थ्यकर्मीको सुरक्षाका लागि अत्यावश्यक तर, अपर्याप्त भएकाले नै अहिले सरकारले चीनबाट पीपीई मगाइरहनुपरेको छ। नेपालमा मात्र नभई संसारभरी नै यसको अभाव सिर्जना भईरहेछ।
यस्तो अभाव हुँदा पनि नेपालमा भने यसको दुरूपयोग भएको देखिएको छ। पीपीईको अभावका कारण स्वास्थ्यकर्मीहरू बिरामीको उपचार गर्न डराइरहेको बेला यसको दुरूपयोग हुनु चिन्ताको विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी बताउँछन्। भन्छन्, “जनप्रतिनिधिहरूले त स्वास्थ्यकर्मीलाई मनोबल बढाउने काम गर्नुपर्ने हो, अहिलेको परिस्थितिमा अनावश्यक रूपमा पीपीईको दुरूपयोग गर्नु हुँदैन।”
पीपीईको दुरूपयोग बढेपछि २२ चैतमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको अनावश्यक रूपमा प्रयोग नगर्न अनुरोध नै गरे। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले भने, “पीपीईको हामीसँग यसै पनि सर्टेज छ, अनावश्यक रूपमा प्रयोग नगरौँ, अस्पतालहरूमा पीपीईको समुचित रूपमा प्रयोग गर्नुपर्छ।”
पीपीईको दुरूपयोगले भइरहेको अभावलाई त बढाएको छ नै स्वास्थ्यकर्मीको मनोबल पनि कमजोर बनाएको बताउँछन् जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे। देखापढीसँगको कुराकानीमा उनले भने, “स्वास्थ्यकर्मीहरू महायुद्ध लडिरहेछन् तर, उनीहरूको सुरक्षाका लागि आएको सामग्री अनावश्यक रूपमा दुरूपयोग भएको छ, राज्यले तत्काल नियन्त्रणमा लिनुपर्छ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला भन्छन्, “स्वास्थ्यकर्मी बाहेकका मानिसहरूले पीपीई लगाएको देख्दा चित्त दुखेको छ, अहिले पीपीई त सकेसम्म जोगाउने बेला हो।”
विश्वभर नै अभाव भएको बेला पीपीईको दुरूपयोगले महामारी फैलिँदा झनै समस्या सिर्जना हुनसक्ने डा. बास्तोलाको चिन्ता छ। उनले महामारी फैलिएको बेला अभाव नहोस् भनी टेकु अस्पतालमा पनि काममा खटिएका कर्मचारी बाहेकलाई पीपीई नदिइएको बताए।
एकातिर पीपीईको अभाव र यसको दुरूपयोगको चिन्ता छ भने अर्कोतर्फ यसको गुणस्तरको पनि समस्या छ। जनस्वास्थ्यविद् डा. पाण्डे वितरण भइरहेको पीपीईको गुणस्तर परीक्षण नभएको चिन्ता व्यक्त गर्छन्। त्यसो त विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पीपीईको मापदण्ड निर्धारण गरेको छ। अस्पतालमा बिरामीको स्वाब लिने क्रममा चिकित्सक, नर्स र क्लिनरले लगाउने पोशाकबारे विभिन्न मापदण्ड तोकिएको प्रवक्ता बाँस्तोलाले बताए।
कसलाई चाहिन्छ पीपीई ?
-अस्पतालमा अघिल्लो पंक्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई।
-कोभिड–१९ को आशंका गरिएका व्यक्तिको स्वाब लिने चिकित्सकलाई।
-इमर्जेन्सी विभागमा खटिएका स्वास्थ्यकर्मीलाई।
-बिरामीको जाँचमा खटिने चिकित्सक र नर्सलाई।
-विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार अस्पतालका क्लिनरलाई।
-कोभिड-१९ को बिरामीका कुरुवालाई।
" /> काठमाडौं। सामाजिक सञ्जालहरूमा २० चैतको दिन एउटा तस्वीर सार्वजनिक भयो। केही बेरमै उक्त तस्वीर भाइरल पनि भयो।तस्वीरमा कालिकोटको पलाता गाउँपालिकाका जनप्रतिनिधिहरूले समेत व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएको दृश्य थियो।

">