कैलाली। सुदूरपश्चिममा कोभिड-१९ को प्रभाव दोस्रो चरणमा पुगेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका नाममा सम्बोधन गरेका छन्।
प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या चार पुगिसकेको बेला पहिलोपटक प्रदेशका नाममा सम्बोधन गरेका मुख्यमन्त्रीले कुनै विशेष योजना सुनाउने र ठोस कदम चाल्ने अपेक्षा प्रदेशवासीमा भएपनि सम्बोधनमा नयाँ कुरा केही आएन।
सम्बोधनमा मुख्यमन्त्री भट्टले यसअघि आफ्नै अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरससँग लड्न गरेका निर्णय सुनाए।
सम्बोधनका क्रममा मुख्यमन्त्री भट्टले कोरोना भाइरसको संक्रमण रोकथाम, परीक्षण तथा उपचारको व्यवस्थापनका लागि स्थानीय तह र संघीय सरकारसँग निरन्तर समन्वयमा रहेको, बाहिरबाट आएकालाई क्वारेन्टाइनको व्यवस्था गरिएको, रोकथामका लागि ४० करोडको राहत कोष स्थापना गरिएको बताए।
राहत कोषमा विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरेको, प्रदेशका तीन ठाउँमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको लगायतका मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरू सम्बोधनका क्रममा सुनाए।
मुख्यमन्त्री भट्टको सम्बोधनमा महामारीका रूपमा देखिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कुनै ठोस कदम र नयाँ योजना नअटाएपछि सामाजिक सञ्जालमा उनको आलोचना शुरू भएको छ।
उसो त मुख्यमन्त्रीको सम्बोधन हुनेबारे धेरैलाई थाहै थिएन। सम्बोधनका विषयमा आज दिउँसो १ बजे मात्रै मुख्यमन्त्रीको निजी सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको थियो।
" /> कैलाली। सुदूरपश्चिममा कोभिड-१९ को प्रभाव दोस्रो चरणमा पुगेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका नाममा सम्बोधन गरेका छन्।प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या चार पुगिसकेको बेला पहिलोपटक प्रदेशका नाममा सम्बोधन गरेका मुख्यमन्त्रीले कुनै विशेष योजना सुनाउने र ठोस कदम चाल्ने अपेक्षा प्रदेशवासीमा भएपनि सम्बोधनमा नयाँ कुरा केही आएन।

">