विदेशबाट फर्केका व्यक्तिसँगको सम्पर्कमा आएको भए दुई हप्ता घरमै बस्न आग्रह

काठमाडौं। गत तीन हप्ताभित्र विदेशबाट फर्केका व्यक्तिसँग सम्पर्कमा आएको भए दुई हप्ता घरमै बस्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले आज सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। सूचनामा अरू व्यक्तिहरूबाट कम्तीमा एक मिटरको दूरी कायम गर्न भनिएको छ।

यस्तै केन्द्रले ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्