काठमाडौं। कैलाली र कञ्चनपुरमा रहेका ५९४ जनाको कोभिड–१९ परीक्षण हुने भएको छ।
कैलालीमा तीन र कञ्चनपुरमा एक जनामा कोभिड–१९ देखिएपछि क्वारेन्टाइनमा रहेकाहरूको र्यापीड टेस्ट गर्न लागिएको हो।
त्यसका लागि स्वास्थ्यकर्मीहरूको टोली आजै काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नेछ।
कैलालीमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरसको संक्रमण सरेको पुष्टि भएको थियो।
योसँगै संक्रमितका परिवार, सम्पर्कमा रहेका व्यक्ति र क्वारेन्टाइनमा रहेकाहरूको नमूना परीक्षण गर्न लागिएको हो।
कैलालीमा भारतबाट आएका थप एक जना र कञ्चनपुरमा पनि भारतबाटै आएका एक जनामा कोभिड–१९ देखिएको थियो।
र्यापीड टेस्ट गरिएकाहरूमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएमा पुनः पीसीआर प्रविधिबाट परीक्षण गरिनेछ।
स्थानीय प्रशासनका अनुसार कैलालीमा ४५१ जना क्वारेन्टाइनमा छन्। यसमा ७१ महिला र ३८० पुरुष छन्।
कञ्चनपुरमा ६ महिला र १३७ पुरुष गरी १४३ जना क्वारेन्टाइनमा छन्।
सुदूरपश्चिमभरीमा दुई हजार ३८३ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो एक महीनायता सुदूरपश्चिममा भारतलगायत विभिन्न मुलुकबाट हजारौं जना फर्किएका थिए। यसमध्ये थोरै मात्र क्वारेन्टाइनमा बसेका छन्।
आजै मात्र सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्किएकालाई २१ दिनसम्म क्वारेन्टाइनमा राख्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।
" /> काठमाडौं। कैलाली र कञ्चनपुरमा रहेका ५९४ जनाको कोभिड–१९ परीक्षण हुने भएको छ।कैलालीमा तीन र कञ्चनपुरमा एक जनामा कोभिड–१९ देखिएपछि क्वारेन्टाइनमा रहेकाहरूको र्यापीड टेस्ट गर्न लागिएको हो।

">