त्यसको असरमा उद्योगी र किसान दुवै परेका छन्। सामान्य अवस्थामा नेपालमा प्रत्येक साता कलर, ब्रोइलर र गिरीराज गरी ४२ लाख चल्ला उत्पादन हुँदै आएको थियो भने सबैखाले गरी झण्डै ४० लाख चल्ला खपत हुँदै आएको थियो।
तर, अहिले मासुका लागि तयार भएका कुखुरा नबिक्दा माग शून्यमा झरेको ह्याचरी संघका अध्यक्ष टीका पोखरेलले बताए।
यस्तै, एक सातामा ५० लाख ह्याचिङ अण्डा तयार हुन्छ। तर, अहिले उत्पादित सबै अण्डा र चल्ला नष्ट गर्नुपरेको व्यवसायीहरूको भनाइ छ।
ढुवानीमै समस्या
सरकारले उत्पादनमूलक उद्योग सञ्चालन गर्न दिने निर्णय गरे पनि पोल्ट्री व्यवसायीले ढुवानीमा समस्या झेल्नु परेको गुनासो छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीमा अवरोध नहुने बताए पनि प्रहरीले पटक/पटक समस्या सिर्जना गरेको व्यवसायी बताउँछन्। फार्ममा उत्पादित कुखुरा सहजरूपमा बजारसम्म पुर्याउन नसक्दा व्यवसायीहरूलाई अर्को समस्या थपिएको छ।
यहीकारणले गर्दा भारतबाट दानाको कच्चा पदार्थ आयातमा समेत समस्या पर्न थालेको छ। स्टकमा रहेको दाना सकिन लागेको अवस्थामा थप दाना आयात गर्न नपाउँदा नेपालमा दाना अभाव हुँदै गएको छ।
कस्तो असर पर्ला ?
नेपाल आफैं आत्मनिर्भर बनेका केही व्यवसायमध्ये पोल्ट्री व्यवसाय पनि पर्छ। व्यवसायीहरूका अनुसार हालसम्म यस क्षेत्रमा एक खर्ब २० अर्ब रूपैयाँको लगानी भइसकेको छ। जसमध्ये बैंक तथा वित्तीय क्षेत्रको ५० अर्ब रूपैयाँ लगानी रहेको बिष्ट बताउँछन्।
पोल्ट्री व्यवसायमा झण्डै आठ लाख मानिसले प्रत्यक्ष/अप्रत्यक्षरूपमा रोजगारी पाएका छन्। दैनिक करोडौं रूपैयाँको घाटा ब्यहोरिरहेको व्यवसाय पुरानै अवस्थामा फर्किन कम्तीमा पनि एक वर्षसम्मको समय लाग्ने नेपाल ह्याचरी संघका अध्यक्ष टीका पोखरेल बताउँछन्।
तर, त्यसका लागि सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताउँछन् उनी। सरकारले अहिलेकै जसरी बेवास्ता गरिरहे पोल्ट्री व्यवसाय ठूलो समस्यामा पर्ने उनको भनाइ छ।
खासगरी, व्यवसायीहरू दिनदिनै घाटामा जाँदा आफ्नो सबै लगानी डुब्न सक्ने सम्भावना छ। लगानी नै डुबेपछि लकडाउनपछि थप पुँजी हुँदैन।
त्यसैले बैंकसँग लिएको ऋणको ब्याज मिनाहा गनुपर्ने र सावाँ तिर्ने समय बढाउन व्यवसायीहरूले माग राखेका छन्। यति गर्न सके केही समयमै नेपालको पोल्ट्री व्यवसाय पुरानै अवस्थामा फर्कन सक्ने उनीहरू बताउँछन्।
" />त्यसको असरमा उद्योगी र किसान दुवै परेका छन्। सामान्य अवस्थामा नेपालमा प्रत्येक साता कलर, ब्रोइलर र गिरीराज गरी ४२ लाख चल्ला उत्पादन हुँदै आएको थियो भने सबैखाले गरी झण्डै ४० लाख चल्ला खपत हुँदै आएको थियो।

">