कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित ३४ वर्षीय युवकको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजिटिभ नै आएको छ।
सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले उनको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजिटिभ आएको जानकारी दिए। उनी दुबईबाट फर्केका हुन्।
हिजो, २२ चैतमा उनकी भाउजुलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। सुदूरपश्चिम प्रदेशअन्तर्गत् कैलाली र कञ्चनपुरका अस्पताल र क्वारेन्टाइनबाट संकलन गरिएको १६९ जनाको थ्रोट स्वाबको नमूनामा अहिलेसम्म १६५ जनाको रिपोर्ट आएको छ।
स्वास्थ्य महाशाखा प्रमुख कार्कीले ती १६५ जनाकै रिपोर्ट नेगेटिभ देखिएको बताए। रिपोर्ट आउन बाँकी चार जनामा कैलालीसहित विभिन्न जिल्लाका रहेको उनले बताए। सुदूरपश्चिम प्रदेशबाट पहिलोपटक १ फागुनमा नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो।
त्यसयता ५३ दिनको अवधिमा १६९ जनाको मात्र नमूना संकलन गरिएको हो।
" /> कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित ३४ वर्षीय युवकको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजिटिभ नै आएको छ।सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले उनको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजिटिभ आएको जानकारी दिए। उनी दुबईबाट फर्केका हुन्।

">