काठमाडौं। कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले देशैभर ५० हजार ग्रामीण स्वास्थ्य कार्यकर्ता (स्वयंसेविका)लाई परिचालन गर्ने निर्णय गरेको छ।
आज बसेको समितिको बैठकले देशैभर रहेका उनीहरूलाई परिचालन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका प्रवक्ता नारायण बिडारीले जानकारी दिए।
“उनीहरूको स्वास्थ्य सुरक्षा, बीमा र उचित प्रोत्साहन रकम तथा भत्तासमेतको व्यवस्था गरेर परिचालन गर्ने निर्णय भएको छ”, उनले भने, “स्थानीय तहमा उनीहरूलाई परिचालन गर्दा पहिचान र सेवा प्रवाहमा सहज हुन्छ।”
" /> काठमाडौं। कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले देशैभर ५० हजार ग्रामीण स्वास्थ्य कार्यकर्ता (स्वयंसेविका)लाई परिचालन गर्ने निर्णय गरेको छ।आज बसेको समितिको बैठकले देशैभर रहेका उनीहरूलाई परिचालन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका प्रवक्ता नारायण बिडारीले जानकारी दिए।
“उनीहरूको स्वास्थ्य सुरक्षा, बीमा र उचित प्रोत्साहन रकम तथा भत्तासमेतको व्यवस्था गरेर परिचालन गर्ने निर्णय भएको छ”, उनले भने, “स्थानीय तहमा उनीहरूलाई परिचालन गर्दा पहिचान र सेवा प्रवाहमा सहज हुन्छ।”
">