काठमाडौं। सरकारले चीनतर्फका व्यापारिक नाका खोल्ने निर्णय गरेको १२ दिन बितिसक्दा पनि व्यवसायीहरू भन्सार कार्यालयसँगको सम्पर्कमा आएका छैनन्।

नेपाल सरकारले १० चैतमा चीनतर्फको तातोपानी र केरुङ भन्सार नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

तर, निर्णय भएको १२ दिनसम्म पनि कुनै व्यवसायी तातोपानी र केरुङ भन्सार कार्यालयको सम्पर्कमा नआएको भन्सार प्रमुखहरूले बताएका छन्।

केरूङ भन्सार कार्यालय प्रमखु पुण्यबिक्रम खड्काले हालसम्म कोही पनि व्यवसायी भन्सार कार्यालयसँगको सम्पर्कमा नआएको बताए।

उनका अनुसार आफ्नो सामान नाकामा आएको र त्यसलाई जाँचपास गर्नुपर्‍यो भनेर कोही पनि सम्पर्कमा आएका छैनन्।

खड्काले भने, “नाका खोल्ने निर्णय भएपछि व्यवसायी जाँचपासका लागि आउलान् भनेर एक हप्ता भन्सार कार्यालयमै गएर बसेँ। तर, कोही पनि नआएपछि अहिले फर्किएको छु।”

केही व्यापारीहरूले भन्सार कार्यालयलाई फोन गरेर बाटोमा सामान आइरहेको बताए पनि औपचारिक रूपमा कोही पनि सामानको जाँचपास गर्न भनेर आजसम्म भन्सार कार्यलय पुगेका छैनन्।

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यसको संक्रमण फैलिन नदिन तीन महिनाअघि चिनियाँ पक्षले नाका बन्द गरेको थियो।

त्यसको केही दिनपछि व्यवसायीहरूले नाकामा सामान अड्किएकाले सामान ल्याउन सरकारले व्यवस्था मिलाउनु पर्ने भन्दै दबाब दिएका थिए। अर्बौंको सामान कुहिने अवस्थामा पुगेको भन्दै व्यवसायीहरूले दबाब दिइरहेका थिए। तर, जब सरकारले नाका खोल्ने निर्णय गर्‍यो, व्यवासायीहरू ‘बेपत्ता’ बनिदिए।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले पनि व्यवसायीहरू अहिलेसम्म जाँचपासको लागि नआएको बताए।

खत्रीले भने, “हालसम्म एक जना व्यवासयीले सर्जिकल सामान चीनबाट आउँदै गरेको भनेर सम्पर्क गरेका छन्। तर, त्यो सामान पनि तत्काल आइहाल्ने स्थिति छैन।”

केरूङ गए १४ दिन क्वारेन्टाइन

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि चीनियाँ पक्षले केरूङ जाने जो कोहीलाई पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।

नेपालबाट चीनतर्फ गएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने जानकारी केरूङ प्रशासनले रसुवागढी भन्सार कार्यालयलाई दिएको खड्काले बताए।

चिनियाँ पक्षको उक्त निर्णयपछि नेपालबाट कन्टेनर चालक केरूङ जानै नमान्ने अवस्था आएको खड्काले बताए।

तर, केरूङले माथिल्लो तहको कूटनीतिक पहल भएमा क्वारेन्टाइनमा नराख्न पनि सक्ने आशय व्यक्त गरेको खड्का बताउँछन्।

तातोपानी नाकातर्फ भने हालसम्म यस्तो सूचना नआएको भन्सार प्रमुख खत्रीले बताए।

यसअघि १७ मार्चमा चिनियाँ पक्षसँग भएको छलफलमा दुवैतर्फका कर्मचारीले एकअर्कालाई नभेट्नेगरी सामान आयात गर्ने निर्णय भएको थियो। उक्त निर्णय हुँदा नेपालमा लकडाउनको घोषणा गरिएको थिएन।

अहिले चिनियाँ पक्षसँग छलफलको प्रयास गरिएको भएपनि भेट हुन नसकेको भन्सार अधिकारीहरूले बताएका छन्।

समन्वयको अभाव

संघीय सरकारले नाका खोल्ने निर्णय गरेलगत्तै स्थानीय तहले त्यसको विरोध गरेको छ। यसले केन्द्र र स्थानीय तहबीच समन्वयको अभाव रहेको देखाउँछ।

त्यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय र कृषि मन्त्रालयले नाका खोल्ने विषयमा सहयोग नगरेको आरोप लगाउँदै आएको छ।

सम्बन्धित जिल्लाका भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय भने उक्त आरोप गलत भएको दाबी गर्छन्।

तातोपानी र रसुवागढी भन्सार प्रमुखहरू जिल्ला प्रशासन प्रमुखसँग भन्सार कार्यालयले निरन्तर समन्वय गरिरहेको बताउँछन्।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँगको छलफललाई तीब्र बनाएको उनीहरूको भनाइ छ।

आपूर्ति मन्त्रालयका अधिकारीहरूले भने नाका पुनः सञ्चालनमा ल्याउन अन्य निकायले कुनै पनि सहयोग नगरेको आरोप लगाउने गरेका छन्।

४ अर्ब ७० करोडको सामान रोकियो

व्यापारिक नाका बन्द भएसँगै तातोपानी र केरुङमा ४ अर्ब ७० करोडको सामान रोकिएको व्यवसायीहरूले बताउँदै आएका छन्। उनीहरूका अनुसार झण्डै ४०० कन्टेनर स्याउ र लसुन नाकामा रोकिएको छ।

सिमानामा रोकिएको सामानमध्ये ७० करोड रूपैयाँ बराबरको ५० कन्टेनर लसुन रहेको र त्यसबाहेक अन्य सबै स्याउ रहेको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कुमार पाण्डेले बताए।
यस्तै, ४०० वटा कन्टेनरमा ल्याइएको लत्ताकपडा पनि नाकामा अड्किएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले बताए।

वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै चीनले नेपाल र चीनको व्यापारिक नाका बन्द गरेसँगै उक्त परिमाणको सामान चीनमै रोकिएको महाबौद्धका होलसेल व्यापारी विशाल श्रेष्ठ बताउँछन्।

“चिनियाँ पक्षले १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भनेपछि कोही पनि व्यवसायी सामान लिन गएका छैनन्”, श्रेष्ठले भने।

नेपाल चेम्बर अफ कमर्सका भन्सार शाखा सभापति निरज राईले पनि चीन गए अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएपछि कोही पनि सामान लिन नगएको बताए।

“सामान लोड गर्न जम्मा दुई दिन लाग्छ। तर, त्यहाँ १४ दिन क्वारेन्टाइनमा बस्न को तयार हुन्छ ?” उनले भने।

" /> काठमाडौं। सरकारले चीनतर्फका व्यापारिक नाका खोल्ने निर्णय गरेको १२ दिन बितिसक्दा पनि व्यवसायीहरू भन्सार कार्यालयसँगको सम्पर्कमा आएका छैनन्।

"> चिनियाँ नाका खोल्न दबाब दिने व्यवसायी नाका खुलेपछि सम्पर्कमै आएनन्: Dekhapadhi
चिनियाँ नाका खोल्न दबाब दिने व्यवसायी नाका खुलेपछि सम्पर्कमै आएनन्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्