काठमाडौं। पशुपति क्षेत्र पुग्नेका लागि सन्ध्याकालीन आरती खास हुन्छ।
आरतीका चरण, भजनकीर्तन र प्रत्यक्ष मनमोहक संगीतले त्यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध पार्छ। आरती शुरू हुनुअगावै भक्तजनहरूको घुइँचो लाग्ने गर्छ।
तर, हिंजोआज सन्ध्याकालीन आरतीमा भक्तजन तथा सर्वसाधारणको घुइँचो हुँदैन। सांगितिक प्रस्तुति, भजनकीर्तनसमेत हुँदैन। तीनजना पुजारीले गर्ने नियमित आरती एकजनाले गर्छन्, त्यो पनि मास्क लगाएर।
कारण– कोभिड–१९ को जोखिम कम गर्न सरकारले गरेको लकडाउन। लकडाउनपछि धार्मिकस्थल पशुपति क्षेत्र हरेक साँझ हुने आरतीका बेला पनि सुनसान हुन्छ।
आरतीका बेला मात्रै होइन अन्य बेला पनि पशुपति क्षेत्र सुनसानजस्तै देखिन्छ। मन्दिरमा पूजाका लागि आउने भक्तजनहरू आउन पाएका छैनन्।
लकडाउनको १३औं दिन पशुपति क्षेत्रमा देखिएका केही दृश्यः
" />