काठमाडौं। उमेर कति पुग्यो आफैंलाई थाहा छैन। तर, यत्ति थाहा छ पशुपतिमा आरती सुन्न जान थालेको ३० वर्षभन्दा बढी भयो। त्यो क्रम लकडाउनको बेलामा पनि रोकिएको छैन। अन्दाज गर्दा ७० पुग्न आँटेका शोभासिंह तामाङ ‘साइँला’ लकडाउनको १२औं दिनमा पनि पशुपतिमा आरती सुन्न हिँडेका भेटिए।
उनको निम्ति पशुपति काठमाडौंको सबैभन्दा प्रिय ठाउँ हो। त्यसो त उनलाई दुई छोरा र एक छोरीले कोरोना भाइरस संक्रमण हुन्छ, बाहिर नहिँड्नुस् नभनेका होइनन्। तर, घाम डुब्यो कि उनका पाइला सक्सकाइहाल्छन्। चाबहिल घरबाट पशुपतितिर लम्किहाल्छन्। ढुक्कैसँग भन्छन्, “पशुपति रहुन्जेल हामी नेपालीलाई केही हुन्न।”
७० वर्षे रुपाकुमारी शाह पनि उस्तै छिन्। ट्राफिक प्रहरी बस्ने बाटो छलेर चेपैचेप सीधै पाटन मन्दिर आउँछिन् उनी।
“यहाँ आएपछि मेरो मन चंगा हुन्छ। सबै कुरा बिर्सन्छु”, उनी सुनाउँछिन्।
उनलाई महामारीबारे थाहा नभएको पनि होइन। धेरै वर्षअघि यस्तै महामारीले आफ्नो मामालाई लगेको बिर्सेकी छैनन् उनले। तैपनि घरमै बस्न उनको मन मान्दैन। छोरोछोरीले रोक्दारोक्दै पनि उनी निस्कन्छिन्। “उमेर पनि भइसक्यो गए पनि फरक पर्दैन मलाई”, भन्छिन्, “छोराछोरीले मास्क लगाउन भन्छन्। साँझ बिहान अदुवा, लसुन पनि खाइरहन्छु।”
७३ वर्षीय अनिल लामा पनि पशुपति परिसरको कैलाश डाँडामा धार्मिक किताब अध्ययन गरिबसेका भेटिए। “हुने कुरालाई टार्न सकिन्न, एक दिन मर्ने चोला डर छैन”, उनलाई कोभिड-१९ महामारीको कुनै त्रास नै नभएको देखाए। तैपनि आफ्नो परिवारको चिन्ता भएको भने बताए। “डाक्टरको औषधिभन्दा जडीबुटी खाँदा यो रोग निर्मूल हुन सक्ने विश्वास लाग्छ”, उनले भने।
आफूलाई बडाबा भन्ने ६२ वर्षीय अर्का वृद्धलाई पनि लकडाउनले घुमफिरमा खासै फरक पारेको देखिएन। महामारीबारे बेखबर जस्तै बनेका उनी गुह्येश्वरीमा डुल्न हिँडेको बेला भेटिए। “घरमा कति बस्ने, बरू जंगलको बाटो हिँड्छु, ज्यान बचाउने पशुपतिनाथ छन्”,उनले भने।
यी केही प्रतिनिधि घटनाले कोभिड-१९ महामारीलाई ज्येष्ठ नागरिक वृत्तमा गम्भीरतापूर्वक लिएको देखाउँदैन। नेपालका पहिलो ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलले भने, “अहिले सबैभन्दा बढी लकडाउनको पालना गर्नुपर्ने ज्येष्ठ नागरिकले हो।”
कोभिड-१९ को जोखिममा सबैभन्दा बढी ज्येष्ठ नागरिक भएको डा. कँडेल बताउँछन्।
दुई हप्ता अघि, ‘द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन’ले जनाएअनुसार कोभिड-१९ बाट मृत्यु हुनेमध्ये करीब ८७ प्रतिशत ७० वर्ष भन्दा बढी उमेरका छन्। दीर्घ रोगी तथा प्रतिरोधात्मक क्षमता कम हुने भएकोले उनीहरू बढी जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ।
चीनमा भएको अध्ययनअनुसार कोरोना भाइरसबाट शुरूमा मृत्यु हुने ५० हजारमध्ये १५ प्रतिशत ८० वर्ष माथिका ज्येष्ठ नागरिक छन्। ८ देखि १० प्रतिशत ७० वर्षमाथिका र ३ देखि ५ प्रतिशत अन्य उमेर समूहका मानिस छन्।
हाल देशभरका अधिंकाश वृद्धाश्रमहरूलाई सञ्चालक आफैंले लकडाउनमा राखेका छन्। वृद्धवृद्धाहरूलाई बाहिर निस्कन र बाहिरबाट आश्रमहरूमा प्रवेश गर्न निषेध गरिएको छ। तर, आफ्नो परिवारसँग रहँदै आएका गाउँ तथा सहरका वृद्धवृद्धाहरू भने पार्क, चोक तथा मठमन्दिरहरूमा साँझ बिहान प्रशस्तै देखिन्छन्।
“यो भाइरसको संक्रमण भएमा निको हुन सबैभन्दा गाह्रो ज्येष्ठ नागरिकलाई छ”, सिभिल हस्पिटलका डाक्टर महेश कोइराला बताउँछन्। निमोनिया हुने, फोक्सो खराब हुने र श्वास प्रश्वासमा समस्या आउनसाथ ज्यान चाँडै जान सक्ने जोखिम रहेकोले ज्येष्ठ नागरिक बढी नै सजग रहन आवश्यक भएको डा. कोइराला बताउँछन्।
के गर्नुपर्छ ज्येष्ठ नागरिकले ?
- लकडाउनको सबैभन्दा बढी पालना। सकिन्छ भने कोठा निजी बनाउने।
- विदेशबाट आएका व्यक्तिबाट टाढा रहने।
- धूमपान, मद्यपान, सूर्तीजन्य पदार्थ नखाने।
- घरभित्रै व्यायाम गर्ने।
- साबुन पानीले मिचीमिची एक मिनेटसम्म हात धुने।
- कसैसँग हात नमिलाउने।
- जथाभाबी थुक्ने, सिँगान पुछ्ने काम नगर्ने।
- रोग प्रतिरोधात्मक क्षमता बढाउने फलफूल र गेडागुडीको रस खाने।
- मुटुरोग, प्रेसर, क्यान्सर, किड्नी, चिनी रोग भएका वृद्धवृद्धा सबैभन्दा बढी सजग हुने।
ज्येष्ठ नागरिकमा देखिने संक्रमणका शुरुआती लक्षणः
- रुघाखोकी
- ज्वरो (सामान्यतया १०० डिग्री फरेनहाइट भन्दा उच्च ज्वरो आउँछ)
- सुक्खा खोकी
- श्वासप्रश्वासमा अत्यधिक समस्या
- कफ आउने, हाडजोर्नी तथा मांसपेशी दुख्ने
- र, निमोनिया देखिने।
" /> काठमाडौं। उमेर कति पुग्यो आफैंलाई थाहा छैन। तर, यत्ति थाहा छ पशुपतिमा आरती सुन्न जान थालेको ३० वर्षभन्दा बढी भयो। त्यो क्रम लकडाउनको बेलामा पनि रोकिएको छैन। अन्दाज गर्दा ७० पुग्न आँटेका शोभासिंह तामाङ ‘साइँला’ लकडाउनको १२औं दिनमा पनि पशुपतिमा आरती सुन्न हिँडेका भेटिए।उनको निम्ति पशुपति काठमाडौंको सबैभन्दा प्रिय ठाउँ हो। त्यसो त उनलाई दुई छोरा र एक छोरीले कोरोना भाइरस संक्रमण हुन्छ, बाहिर नहिँड्नुस् नभनेका होइनन्। तर, घाम डुब्यो कि उनका पाइला सक्सकाइहाल्छन्। चाबहिल घरबाट पशुपतितिर लम्किहाल्छन्। ढुक्कैसँग भन्छन्, “पशुपति रहुन्जेल हामी नेपालीलाई केही हुन्न।”

">