काठमाडौं। पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटका स्थानीय तहलाई सर्जिकल बेड उपलब्ध गराएका छन्।
विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ लाई मध्यनजर गर्दै शाहले जाजरकोटका सातवटै स्थानीय तहलाई पाँच वटाका दरले उक्त बेड उपलब्ध गराएका हुन्।
सबै स्थानीय तहले उक्त बेड पालिकास्तरमा रहेको स्वास्थ्य संस्थामा आइसोलेसन वार्ड स्थापनाका लागि प्रयोग गर्नेछन्।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शाहले उपलब्ध गराएका बेड आज जाजरकोटको छेडागाड नगरपालिका र त्रिवेणी नलगाड नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको नेविसंघ जाजरकोटका अध्यक्ष ललित बस्नेतले बताए। बाँकी स्थानीय तहलाई भोलि बेड हस्तान्तरण गर्ने तयारी छ।
पूर्वसांसद शाहले स्थानीय तहलाई प्रदान गर्नका लागि स्ट्रेचरलगायत अन्य स्वास्थ्य सामग्री समेत ‘अर्डर’ गरिसकेका बस्नेले बताए।
शाहले आफ्नो निजी लगानीमा जाजरकोटको छेडागाड नगरपालिकामा निर्माण गरिरहेको अस्पतालको काम समेत अन्तिम चरणमा पुगेको छ।
शाह २०७० सालको संविधान सभा निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
" /> काठमाडौं। पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटका स्थानीय तहलाई सर्जिकल बेड उपलब्ध गराएका छन्।विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ लाई मध्यनजर गर्दै शाहले जाजरकोटका सातवटै स्थानीय तहलाई पाँच वटाका दरले उक्त बेड उपलब्ध गराएका हुन्।

">