काठमाडौं। नेपाली सेनाले कोभिड-१९ को रोकथाम र उपचारका लागि आफूले खरिद गर्ने स्वास्थ्य उपकरण र सामग्रीको गुणस्तरमा कुनै सम्झौता नहुने दाबी गरेको छ।
सैनिक मुख्यालयले आज विज्ञप्तिमार्फत् यस्तो दाबी गरेको हो।
१६ चैतको मन्त्रिपरिषद बैठकले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री नेपाली सेनामार्फत् गभर्मेन्ट टु गभर्मेन्ट विधिबाट खरिद गर्ने निर्णय गरेको थियो।
“यो निर्णयपश्चात सेनाले आवश्यक प्रक्रिया द्रूत गतिमा अगाडि बढाएको छ”, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “विश्व स्वास्थ्य संगठनद्धारा मान्यताप्राप्त सामग्रीहरु मात्र खरिद गरिनेछ, खरिदमा मध्यस्थकर्ताको प्रयोग गरिनेछैन। गुणस्तरमा कुनै सम्झौता गरिने छैन।”
सेनाले तोकिएको समयसीमाभित्रै आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गरिनेसमेत स्पष्ट गरेको छ।
" /> काठमाडौं। नेपाली सेनाले कोभिड-१९ को रोकथाम र उपचारका लागि आफूले खरिद गर्ने स्वास्थ्य उपकरण र सामग्रीको गुणस्तरमा कुनै सम्झौता नहुने दाबी गरेको छ।सैनिक मुख्यालयले आज विज्ञप्तिमार्फत् यस्तो दाबी गरेको हो।

">