कोभिड-१९ सँग जुध्न धरानमा ‘कोभिड-१९ धरान’ मोबाइल एपको सहायता

धरान। धरान उप महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणमा सहयोग पुर्‍याउन ‘कोभिड-१९ धरान’ नामक मोबाइल एप्लिकेशन शुरू गरेको छ।

कोड आई टी, वि धरान प्रिमियर नेपालसँगको सहकार्यमा उपमहानगरपालिकाले सो एप संचालनमा ल्याएको हो।

तत्काललाई धरान उपमहानगरपालिकाको वेबसाइटबाट डाउनलोड गरी एन्ड्रोइड मोबाइलमा एपको प्रयोग गर्न सकिने उपमेयर मन्जु भण्डारीले बताइन्।

यसलाई गुगल प्लेस्टोरबाट भने केही समयपछि देखि डाउनलोड गर्न सकिने छ।

एपमार्फत् कोभिड-१९ का लक्षणहरू, यससँग सम्बन्धित जिज्ञासा, सावधानिका उपाय, धरान उपमहानगरमा कोभिड-१९ रोकथाम, उपचार र तयारीमा भइरहेका कामको जानकारी लिने सकिने बताइएको छ।

त्यस्तै अत्यावश्यक सेवा दिने निकायसँग पनि यसैबाट सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।

आफ्नो घर छिमेकमा भर्खरै विदेशबाट आएका व्यक्ति तथा कोही शंकास्पद लक्षण देखिएका व्यक्तिबारे पनि एपकै सहायताबाट जानकारी दिन सकिने छ।

प्रतिक्रिया दिनुहोस्