बेलायती प्रधानमन्त्री अस्पताल भर्ना
<p>लन्डन। कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ।</p>
<p>उनलाई १० दिनअघि संक्रमण देखिएको थियो। बीबीसीका अनुसार केही परीक्षण अत्यावश्यक भएको चिकित्सकहरूको सल्लाहपछि अस्पताल भर्ना गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिए।</p>
<p>संक्रमण देखिएयता प्रधानमन्त्री जानसन आइसोलेसनमा छन्। क्याबिनेट बैठक पनि आइसोलेसनमा बसेकै स्थानमा गर्दै आएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्