घरमै सामान पुर्याउने गरी ग्यापु अनलाइन शपिङ्गको डेलिभरी सेवा

काठमाडौं। ग्यापु अनलाइन शपिङ्ग कम्पनीले डेलिभरी शुल्कबिनै दैनिक उपभोग्य सामाग्री घरसम्म पुर्‍याइदिने भएको छ।

२१ चैतदेखी शुरू भएको कम्पनीले लकडाउनको बेला उपभोक्ताको सुविधालाई लक्षित गरी बिना शुल्क सेवा दिन लागेको हो।

आफ्नो मुख्य उद्देश्य काठमाडौं उपत्यकावासीको घरदैलोसम्मै सामान उपलब्ध गराउनु भएको कम्पनीले बताएको छ।

यस अनलाइनमार्फत खरीद गर्ने ग्राहकले ई-सेवा, फोन पे वा सोझै सामान प्राप्त गरेको समयमा नगद भुक्तानी गर्न सक्नेछन।

खरीद गरिने समाग्रीको मूल्य न्यूनतम एक हजार रुपैयाँको हुनु पर्नेछ।

ग्यापुमार्फत उपभोक्ताले तरकारी र फलफूल, पिउने पानी, खाना पकाउने ग्याससमेत खरीद गर्न सक्नेछन्।

त्यसैगरी, अन्न, स्न्याक्स र पेय पदार्थ र सरसफाइका समाग्री जस्तै डिटर्जेन्ट, डिटोल ह्याण्ड वाससमेत घरमा पुर्‍याउने बताइएको छ ।

हाल चार वटा प्याकेज रहेको कम्पनीले जनाएको छ।

वेसिक प्याक - जीरा मसिनो चामल, मसुरोको दाल, आटा (पिठो), सनफ्लावर तेल, डाइजेस्टिभ विस्कुट

सिल्भर प्याक - जीरा मसिनो चामल, रहरको दाल, आटा (पिठो), प्रेमियो लाइट सनफ्लावर तेल, हल्दीराम भुजिया

गोल्ड प्याक - वासमती चामल, प्रेमियो लाइट रिफाइन्ड सनफ्लावर तेल, चक्की आटा (पिठो), बटर बाइट, मसुरोको दाल, सनफ्लावर तेल

हल्दीराम प्याक- आलु भुजिया, भुजिया मसला सादा, मुंगको दाल, रसगुल्ला, सोनपापडी

खरीदलाई सजिलो बनाउन उपभोक्ताहरूले ९८०१८५५५४९ मा फोन गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्