कोरोना भाइरस संक्रमित युवकका दुई आफन्तको रिपोर्ट पनि नेगेटिभ <p>कैलाली । कोरोना भाइरसबाट संक्रमित युवकसँग सम्पर्कमा आएका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ।</p> <p>दुईमध्ये एकले ती युवकलाई मोटरसाइकलमा सेती प्रादेशिक अस्पताल पुर्&zwj;याएका थिए भने एकजना उनका मामाका छोरा हुन्।</p> <p>यसअघि परिवारका सातजना सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको थियो। युवककी भाउजूको रिपोर्ट भने पोजिटिभ आएको ५ ।</p> <p>ती युवक दुबईबाट काठमाडौं-नेपालगन्ज हुँदै धनगढी आएका थिए । ३४ वर्षका उनी धनगढी उपमहानगरपालिका ५ का बासिन्दा हुन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्