आवागमन नरोकिएपछि बाँकेको नाकामा सुरक्षाकर्मी थपिए
नेपालगंज। कोभिड-१९ को जोखिम बढेपनि सीमामा आवागमन नघटेपछि भारतसँग सीमा जोडिएका बाँकेका साना, ठूला सुरक्षा निगरानी बढाइएको छ।

भारतको बहराइच र श्रावस्ती जिल्लाबाट लुकीछिपी मानिसको आवागमन भइरहेकाले मुख्य सीमानाकासहित सीमावर्ती क्षेत्रमा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक दीपक अधिकारीले बताए।

नाकामा निगरानी बढाउन बाँकेका सबै ६ वटै बोर्डर आउट पोष्ट (बिओपी) मा थप प्रहरी पठाइएको छ।

नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गङ्गापुर, कटकुइँया, डुडुवा गाउँपालिकाको कालाबञ्जार, नेपालगंजको जयसपुर र जानकी गाउँपालिकाको बढैया बिओपीसहित खडैँचा र बढैया बिओपीको पानीट्याङ्कीस्थित फरवार्ड बेश क्याम्पमा सशस्त्र प्रहरीको थप टोली पठाइएको अधिकारीले जानकारी दिए।

प्रहरीको संख्या थपिएसँगै अब एक/ एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउनेलाई भारतमै फर्काइने छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्