कोभिड-१९ : पानीजहाजविरुद्ध आपराधिक मुद्दा !

सिड्नी। अस्ट्रेलियाले एक पानीजहाजविरुद्ध आपराधिक मुद्दामा अनुसन्धान अगाडि बढाउने घोषणा गरेको छ।

‘रबी प्रिन्सेस’ नामक पानीजहाजमा मृत्यु भएका १० जनाको शरीरमा कोरोना भाइरस पोजिटिभ देखिएपछि सरकारको उक्त घोषणा आएको हो।

फ्लुको जस्तो लक्षण देखिएका बिरामी यात्रीलाई जहाजमा यात्रा गर्न कसरी दिइयो भन्नेमा अनुसन्धान अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।

उक्त पानीजहाजमा ६ सयभन्दा बढी यात्री सवार थिए। तीमध्ये १० जनाको यात्राकै क्रममा मृत्यु भएको थियो। मृतकहरूको शव परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको थियो।

बीबीसीका अनुसार यसबाट ‘राष्‍ट्रिय बायो सुरक्षा कानून’ उल्लंघन भएको पाइएको साउथवेल्स प्रहरीले जनाएको छ।

अस्ट्रेलियामा हालसम्म पाँच हजार पाँच सय ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ३० जनाको मृत्यु भइसकेको छ।

उक्त पानीजहाज अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको कार्निभल कर्पोरेसनको क्रुज लाइन कम्पनी प्रिन्सेस क्रुजेजले सञ्‍चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्