कैलालीका संक्रमित युवासँगै आएका प्युठानका तीनजना क्‍वारेन्टाइनमा <p>प्युठान। कैलालीका कोरोना भाइरस संक्रमित युवासँगै आएका तीनजना युवाको पहिचान भएको छ।</p> <p>संक्रमित युवासँगै भारतबाट आएका उनीहरू प्युठानका हुन्।</p> <p>जिल्ला प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले पहिचान भएकाहरू माण्डवी गाउँपालिकाका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकाका एक/एक जना रहेको जानकारी दिए।</p> <p>अहिले तीनैजनालाई क्वारेनटाइनमा राखी स्वास्थ्य परीक्षण शुरू भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्