कोभिड-१९ : आयरल्यान्डका प्रधानमन्त्री फर्किए मेडिकल अभ्यासमा
डब्लिन। कोरोना भाइरसको संक्रमण तीव्र बन्दै जाँदा आयरल्यान्डका प्रधानमन्त्री लियो भरटकारले आफ्नो पुरानो व्यवसाय मेडिकल प्राक्टिसनरलाई पुनः दर्ता गरेका छन्।

कोभिड-१९ विरुद्धको लडाईंमा सहयोग गर्न उनले पुरानो पेशा शुरु गर्ने निर्णय लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

समाचार एजेन्सी रोयटर्का अनुसार राजनीतिमा सामेल हुनुअघि प्रधानमन्त्री भरटकारले सात वर्ष चिकित्सकका रूपमा बिताएका थिए। राजनीतिमा लागेर पेशा त्यागेपछि उनको मेडिकल प्राक्टिसनरको दर्ता सन् २०१३ मा खारेज भएको थियो।

आयरल्यान्डको मेडिकल रजिस्टरमा उनी मार्च २०२० देखि पुनः पुरानो व्यवसायमा फर्केको अभिलेख बनेको छ। र, देशको स्वास्थ्य सेवा कार्यकारीका रूपमा साताको एक समय बिरामीको उपचारमा उनी खटिने छन्।

प्रधानमन्त्री भरटकारको परिवारका धेरै सदस्य र साथीहरू मेडिकल फिल्डमै छन्। स्वास्थ्यमन्त्री सिमोन ह्यारिसले कोरोना भाइरसविरुद्धको लडाईंमा पर्याप्त जनशक्ति उपलब्ध गराउन आयरल्यान्डमा स्वास्थ्य सेवामा कर्मचारी भर्नालाई व्यापक बनाएका थिए। अभियानको नारा दिइएको छ- ‘देशलाई तपाईंको आवश्यकता छ।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्