कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले स्वीकृत लिएर मात्र राहत संकलन तथा वितरण गर्न भनेको छ।
लकडाउमा जथाभावी राहत संकलन गर्ने क्रम बढेपछि प्रशासनले हिजो,२३ चैतमा सूचना निकालेर स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृतिमा एकद्वार प्रणालीबाट मात्र राहत संकलन र वितरण गर्न भनेको हो।
कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको बेला विभिन्न व्यक्ति, संघसंस्था तथा नागरिक समाजलगायतले संक्रमणको जोखिम कायमै रहेको अवस्थालाई बेवास्ता गर्दै नगद, जिन्सी, खाद्यान्नलगायतका सामग्री संकलन गर्ने प्रयास गरेको तथा राहत वितरणमा सक्रिय भएकाले यसलाई निषेध गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आफूखुशी राहत संकलन र वितरण गर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने बताए। रासस
" /> कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले स्वीकृत लिएर मात्र राहत संकलन तथा वितरण गर्न भनेको छ।लकडाउमा जथाभावी राहत संकलन गर्ने क्रम बढेपछि प्रशासनले हिजो,२३ चैतमा सूचना निकालेर स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृतिमा एकद्वार प्रणालीबाट मात्र राहत संकलन र वितरण गर्न भनेको हो।

">