कोभिड-१९सँग मिल्दो लक्षण देखिएकी महिलालाई एम्बुलेन्सले बोक्न मानेनन्, समन्वय समितिको गाडीमा लगियो अस्पताल

मेलम्ची। कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ।

सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना गरिएको हो। सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालको आइसोलसनमा राखेर उनको उपचार गरिँदैछ।

एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म लान सरकारी गाडी प्रयोग गरिएको थियो। जिल्ला समन्वय समितिका सिन्धुपाल्चोकका संयोजक कृष्णगोपाल तामाङ र बरिष्ठ जनस्वास्थ्य अधिकृतले समन्वय समितिको गाडीमा विरामीलाई अस्पतालसम्म लगेका हुन्।

प्रतिक्रिया दिनुहोस्