कोभिड-१९ विरुद्ध प्रदेश १ मा राजनीतिक दलहरूको एउटै आवाज <p>विराटनगर। लकडाउनको पूर्ण पालनाका लागि प्रदेशवासीलाई आव्हान गर्दै प्रदेश १ का राजनीतिक दलहरूले कोभिड&ndash;१९ को जोखिम नियन्त्रणका लागि चार निर्णय गरेका छन्।</p> <p>सवैदलीय बैठकले सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरूबाट स्वास्थ्य सेवालाई नियमित रूपमा स्रचालन गराउन सरकारलाई आग्रह गर्ने,&nbsp; अत्यावश्यक उपभोग्य सामान उपलब्ध गराउन र न्यून आय भएकालाई राहतका लागि वडातहसम्म राजनीतिक संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।</p> <p>प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा रहेका क्वारेन्टाईन, आईसोलेसन बेडसहितको अस्पतालहरू, कोरोना विशेष अस्पतालहरुमा भएका कामको नियमित अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ।</p> <p>बैठकपछि नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बू र प्रदेश संसदीय दलका नेता राजीव कोइराला, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिब अशोक चेम्जोङ र समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष राजकुमार यादवले संयुक्त हस्ताक्षर गरी विज्ञप्ती जारी गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्