कोराना भाइरसको उद्गमस्थल हुबेईमा नयाँ बिरामी शून्य
<p>वुहान। कोराना भाइरसको उदगमस्थल चीनको हुबेई प्रान्तमा हिजो एक पनि नयाँ संक्रमित देखिएनन्।</p>
<p>सोही प्रान्तको राजधानी शहर वुहानमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरसका पहिलो संक्रमित भेटिएका थिए।</p>
<p>यो समाचार तयार पार्दासम्म संसारभर कोभिड-१९ बाट ६७ हजार तीन सय ६३ जनाको मृत्यु भइसकेको छ। यस्तै, १२ लाख ३७ हजार नौ सय ५५ जनामा संक्रमण देखिएको छ।</p>
<p>समाचार एजेन्सी सिन्हवाका अनुसार यसअघि संक्रमण भएका एक व्यक्तिको आइतबार वुहानमा मृत्यु भएको हुबेईको स्वास्थ्य आयोगले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्