"> अष्ट्रेलियामा रहेका नेपालीको सुरक्षाबारे परराष्ट्रमन्त्री ज्ञवालीको चासो, अष्ट्रेलियाकी समकक्षीसँग टेलिफोन वार्ता: Dekhapadhi
अष्ट्रेलियामा रहेका नेपालीको सुरक्षाबारे परराष्ट्रमन्त्री ज्ञवालीको चासो, अष्ट्रेलियाकी समकक्षीसँग टेलिफोन वार्ता
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अष्ट्रेलियन समकक्षी मारिस पेन्नेसँग टेलिफोन वार्ता गरेका छन्। कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द भएको सन्दर्भमा नेपालमा रहेका अष्ट्रेलियन पर्यटकको स्वदेश फिर्तीबारे छलफल भएको बताइएको छ।

परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै मन्त्री ज्ञवालीले अष्ट्रेलियन समकक्षीसमक्ष त्यहाँ रहेका नेपालीको सुरक्षाबारेमा चासो राखेको बताएको छ। कोभिड-१९ को महामारी बढ्न थालेपछि केही दिन अघि अष्ट्रेलियाका प्रधानमन्त्रीले ६ महीनासम्म आफ्नो खर्चमा टिक्न नसक्ने विद्यार्थीहरूलाई स्वदेश फिर्ता जान सुझाएका थिए।

अष्ट्रेलियाका विश्वविद्यालयहरूमा ठूलो संख्यामा रहेका नेपाली विद्यार्थीहरूले कामसमेत गर्दै खर्च जुटाउँदै आएका छन्।

आज भएको टेलिफोन वार्तामा दुई देशका परराष्ट्रमन्त्रीबीच नेपाल एयरलायन्सले अष्ट्रेलियाका शहरमा गर्ने भनिएको उडानको भविष्यबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै नेपाल र अष्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्ष पुगेको छ। दुई मन्त्रीले त्यस विषयमा पनि छलफल गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्