काठमाडौं। सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ संकलन भएको छ।
उक्त सरकारी कोषमा हिजो एकै दिन १३ करोड १७ लाख ११ हजार ७५० रूपैँया जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले ५० लाख, सिभिल बैंक लिमिटेडले ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले आठ लाख दुई हजार ९४८ र दुर्गाबहादुर क्षेत्रीले तीन लाख रूपैयाँ पछिल्लो दिनमा कोषमा जम्मा गरेका छन् ।
नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट कूल १२ लाख ५८ हजार ८०२ रूपैयाँ जम्मा भएको छ। रासस
" /> काठमाडौं। सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ संकलन भएको छ।उक्त सरकारी कोषमा हिजो एकै दिन १३ करोड १७ लाख ११ हजार ७५० रूपैँया जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।

">