लिबियाका पूर्वप्रधानमन्त्रीको कोभिड-१९ बाट मृत्यु

त्रिपोली। कोभिड-१९ को संक्रमणका कारण लिबियाका पूर्वप्रधानमन्त्री महमुद जिब्रिलको निधन भएको छ।

उनी सन् २०११ मा गठित अन्तरिम सरकारका प्रमुख थिए, जतिवेला लिबियामा सिभिल वार चलिरहेको थियो। सन् २०१२ मा लिबियाको सबैभन्दा ठूलो दल नेसनल फोर्सेस अलायन्सका अध्यक्ष पनि चुनिएका थिए, उनी।

अलजजिराका अनुसार ६८ वर्षीय उनको कायराको इटालीको राजधानी कायरोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। हृदयाघातका कारण उनलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनमा कोभिड-१९ पोजिटिभ पनि देखिएको थियो।

लिबियामा शान्ति बहाली गर्ने प्रयास असफल बनेपछि उनी देश छाडेर हिँडेका थिए। कोभिड-१९ का कारण लिबियामा हालसम्म १८ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्