श्रमिक र असहायका लागि धरानका जनप्रतिनिधिको ७ लाख ५७ हजार सहयोग <p>काठमाडौं। न्यून आय भएकाहरूको राहतका लागि धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले रकम सहयोग गरेका छन्।</p> <p>उपमहानगरका मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरूसमेतले गरी उपमहानगरको राहत कोषमा सात लाख ५७ हजार रूपैयाँ एकमुष्ट संकलन गरेको उपमेयर मन्जु भण्डारीले बताइन्।</p> <p>उनका अनुसार लकडाउनमा गुजारा गर्न गार्&zwj;हो भएका विपन्न र दैनिक ज्यालादारी गर्ने श्रमिकको राहतका लागि त्यो रकम खर्च गरिनेछ।</p> <p>धरान उपमहानगरपालिकाले त्यस्ता व्यक्तिहरूलाई खाद्यान्&zwj;नको जोहो गर्न &#39;फूड बैंक&#39; पनि स्थापना गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्