काठमाडौं। चार जनामा नोबल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै सुदूरपश्चिममा कोभिड–१९ को जोखिम बढेको छ। २२ चैतमा कैलालीमा एकैपटक तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि कञ्चनपुर र कैलालीलाई सरकारले उच्च जोखिमयुक्त क्षेत्र तोकेको छ।
सुदूरपश्चिम प्रदेश उच्च जोखिममा हुनुको एउटै कारण हो, रोजगारीका क्रममा भारतमा रहेका नेपालीहरू ठूलो संख्यामा भित्रिनु। पछिल्लो एक महीनामा मात्र भारतबाट एक लाख ९९ हजार नेपाली भित्रिएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
फागुन तेस्रो सातायता कैलालीको गौरीफन्टा नाकाबाट मात्र १ लाख २४ हजार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७५ हजार जना भित्रिएका छन्। उनीहरूलाई सीमा नाकामा थर्मल गनमार्फत् ज्वरो नापेर घर पठाइएको थियो।
ती व्यक्तिहरू सुदूरपश्चिमका ९ वटै जिल्लासँगै सुर्खेत, दैलेख, जाजरकोट, चितवन, हुम्ला र जुम्लाका समेत थिए।
सामान्य ज्वरो जाँचेर पठाइए पनि उनीहरू संक्रमित भएको हुनसक्ने अनुमान गर्दै सबैलाई आफ्नै घरमा सेल्फ–क्वारेन्टाइनमा राखिएको बताइएको छ।
यतिबेला उनीहरूमध्ये धेरैजसो आ आफ्नो घरमा छन्। सम्बन्धित जिल्लाका सरोकारवाला निकायले उनीहरूलाई घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको जनाएका छन्।तर, निकै कम मात्र स्थानीय सरकारहरूले बनाएको क्वारेन्टाइनमा बसिरहेका छन्। सेल्फ क्वारेन्टाइनमा बसेका भनिएकाहरूको निगरानी र अनुगमन फितलो हुने भएकाले सुदूरपश्चिम सबैभन्दा जोखिममा रहेको छ।
यस्तो छ भारतबाट भित्रिने र क्वारेन्टाइनमा बस्नेको जिल्लागत विवरणः
कैलाली
कैलालीमा मात्र पछिल्लो महीना ५० हजार बढी नेपाली भारतबाट भित्रिएका छन्। उनीहरूमध्ये ४५१ जना मात्र क्वारेन्टाइनमा छन्। बाँकी सबै सेल्फ क्वारेन्टाइनमा बसिरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा बताउँछन्। स्थानीय तह तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उनीहरू सेल्फ क्वारेन्टाइनमा बसेको उनको भनाइ छ।
कैलालीमा एक हजार ११४ वटा क्वारेन्टाइन निर्माण गरिएको छ। सेल्फ क्वारेन्टाइनमा बसेकालार्ई स्वास्थ्यकर्मीले बेला बेलामा घरमै पुगेर जाँच गरिरहेका छन्। तर, उनीहरूलाई निगरानी तथा अनुगमन गर्न अप्ठ्यारो भएको प्रजिअ बोहरा बताउँछन्।
कञ्चनपुर
कञ्चनपुरमा पछिल्लो महीना ७५ हजार भन्दा बढी नेपाली भित्रिएका छन्। तीमध्ये १९० जना मात्रै सरकारी सुपरिवेक्षणको क्वारेन्टाइनमा बसेका छन्। बाँकी घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए।
सेल्फ क्वारेन्टाइनमा बसेकाहरूमाथि स्थानीय तहको सक्रियतामा निरन्तर निगरानी भइरहेको उनको भनाइ छ। “सबै जनालाई स्थानीय सरकारमार्फत् कडा निर्देशन दिएर घरमै बस्न भनेका छौँ। कसैले अटेर गरे प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्छौँ”, प्रमुख जिल्ला अधिकारी खतिवडाले भने।
खुला सीमा नाकाका कारण अझै पनि भारतबाट लुकिछिपी आउने क्रम जारी रहेको भन्दै सुरक्षा सतर्कता पनि बढाइएको खतिवडाले बताए।
लुकिछिपी नेपाल आउन लागेका ५६ नेपाली र नेपालबाट भारत जान खोज्ने २९ भारतीयलाई नियन्त्रणमा लिएर अलग्गै राखिएको उनले जानकारी दिए।
डडेल्धुरा
भारतसँग सीमा जोडिएको अर्को जिल्ला डडेल्धुरामा भने २१ सयभन्दा बढी भारत र अन्य देशबाट आएका छन्। तीमध्ये ९१ जनालाई क्वारेन्टाइनमा राखिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले जानकारी दिए।
अरू होम–क्वारेन्टाइनमा बसिरहेको उनको भनाइ छ। जिल्ला प्रशासनले प्रत्येक एउटा बस्तीमा एक जना स्वास्थ्यकर्मी परिचालन गरेर उनीहरूमाथि निगरानी गरिरहेको ओझाले बताए।
बैतडी
बैतडीमा अहिलेसम्म ४४३ जना क्वारेन्टाइनमा छन्। विदेशबाट आउनेको तंथ्याक यकिन नभएपनि लकडाउनपछि भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। क्वारेन्टाइन स्थलमा दुई–दुई जना सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटाइएको उनले बताए।
जिल्लामा ९१८ बेडको क्वारेन्टाइनको व्यवस्था गरिएको र २६ जना बिरामी आइसोलेसनमा राख्न सकिने गरी बेड निर्माण गरिएको उनले जानकारी दिए।
खुला सीमाका कारण अझै पनि भारतबाट मानिसहरू आउने क्रम जारी रहेकाले जोखिम बढेको पौडेलले बताए। भारतबाट आउन सक्ने सम्भावित नाकामा सुरक्षाकर्मी परिचालन गरिए पनि अन्य चोर बाटो प्रयोग गरेर आउने क्रम भने नरोकिएको उनको भनाइ छ।
सेल्फ क्वारेन्टाइनमा बसेकाहरूको यकिन तथ्यांक भने नरहेको सीडीओ पौडेल बताउँछन्। “कुनै ठाउँबाट लुकेर आएकाहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसेका होलान्। उनीहरूले आफैंले स्वास्थ्य जोखिमको मूल्यांकन गरेर सेल्फ क्वारेन्टाइन वा क्वारेन्टाइनमा बस्दा राम्रो होला”, पौडेलले भने।
दार्चुला
दार्चुला सदरमुकाम खलंगापारी भारततिर धार्चुला, निगालपानी, बलवाकोट, जोलजीबी र बरममा गरी एकहजार भन्दा बढी नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई भारत सरकारले नै खाना बस्नको व्यवस्था गरेको छ। उनीहरूको हेरचाह तथा स्वास्थ्य परीक्षणको लागि दुई जना डाक्टर खटाइएको छ। दार्चुलामै भने अहिलेसम्म २१० जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ।
दार्चुलामा एक हजार भन्दा बढीको संख्यामा भारतबाट आएको हुनसक्ने अनुमान गरिएको छ। तर, यकिन तथ्यांक भने उपलब्ध गराउन बल्ल निर्देशन दिइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए।
भारतबाट आउने क्रम नरोकिएको भन्दै कोरोना भाइरसको संक्रमण रोकथाम गर्न दार्चुलामा निकै ठूलो चुनौती रहेको उनको भनाइ छ। एकातिर सेल्फ क्वारेन्टाइनमा बसेका भनेर ढुक्क हुने आधार नरहेको अर्कोतिर स्रोत साधनको अभावले गर्दा यो महामारीको लडाइँ बडो चुनौतीपूर्ण रहेको कुँवर बताउँछन्।
अछाम
अछाममा अहिलेसम्म ५८ जना क्वारेन्टाइनमा छन्। लकडाउनपछिको समयमा दुई हजार भन्दा बढी मानिसहरू भारतबाट अछाम आएका थिए। बाँकी सबै सेल्फ क्वारेन्टाइनमा बसिरहेको अछामका सीडीओ पुण्य बिक्रम पौडेलले जानकारी दिए।
अछाममा १७१ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। भौगोलिक विकटताले पनि अछाममा गाउँगाउँमा छिटो र छरितो सेवा सुविधा पुर्याउन गाह्रो भइरहेको पौडेलको भनाइ छ।
डोटी
डोटीमा ३०५ जनालाई क्वारेन्टाइनमा राखिएको छ। डोटीमा ५०० भन्दा बढीको संख्यामा लकडाउनपछि भारतबाट आएका थिए। बाँकी सबै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवकुमार राईले सेल्फ क्वारेन्टाइनमा बसेकाहरूमाथि स्थानीय सरकारले अनुगमन गर्ने गरेको बताए। तर, उनीहरूले गरेको अनुगमनलाई विश्वास गर्न सकिने आधार भने नरहेको उनको भनाइ छ।
बझाङ
बझाङमा ३२२ जना क्वारेन्टाइनमा छन्। पाँच सयभन्दा बढीको संख्यामा मानिसहरू लकडाउनपछि भारतबाट घर फर्किएका छन्। बाँकी सबै जना सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
बैतडी र दार्चुला जस्ता भारतसँग सीमा जोडिएका जिल्लासँग सीमामा कडाई नहुँदा त्यहाँबाट भागेर आउने गरेको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।
बाजुरा
बाजुरामा ११३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। विदेशबाट फर्किएकाहरूको तथ्यांक संकलनको काम बल्ल शुरू भएको छ।
जिल्ला प्रशासन कार्यालयले तीन दिनभित्र भारत लगायत तेस्रो मुलुकबाट आएकाहरूको विवरण पठाउन भनेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए। २१९ वटा क्वारेन्टाइन निर्माण गरिएको र अन्य आवश्यक पर्ने स्रोत साधनको आवश्यक तयारी गरिएको उनको भनाइ छ।
भारतबाट आएकालाई तत्काल खोजीखोजी क्वारेन्टाइनमा राखौँ
लकडाउन भएपनि लुकिछिपी भएपनि भारतबाट नेपाल आउने क्रम नरोकिएकाले विदेशबाट आउने सबै व्यक्तिलाई कडाईका साथ क्वारेन्टाइनमा राख्ने सुझाव विज्ञहरूले बारम्बार दिइरहेका छन्।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भारत लगायत अन्य देशबाट आएका व्यक्तिलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्ने बताउँछन्।
“हाम्रो सानो प्रयासले सुरक्षित हुने कि सानो हेलचक्र्याईंले खतरा निम्त्याउने भन्ने हाम्रो हातमा छ”, डा. पाण्डेले भने, “विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्दा सिंगो समाज सुरक्षित हुन्छ।”
बाहिरबाट आएको व्यक्तिलाई अनिवार्य रूपमा २/३ हप्ता क्वारेन्टाइनमा राख्ने, उनीहरूको परिवार वा आफन्तसँग भेट भएको छ भने उनीहरूलाई पनि क्वारेन्टाइनमा राख्ने, बाहिरबाट आएको व्यक्तिलाई स्कुल वा खाली भवनमा राख्ने, परिवार तथा आफन्तलाई होम क्वारेन्टाइनमा राख्ने, सबै मिलेर क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुगमन गर्ने, उनीहरूलाई सहयोग गर्ने, जसले क्वारेन्टाइनमा बस्न मान्दैन उसलाई फोर्स क्वारेन्टाइनमा राख्न सकेको खण्डमा यो महामारीबाट बच्न सकिने डा. पाण्डेले बताए।
“एउटा सलाईको काँटीले पूरै जंगलमा डढेलो लगाउन सकिन्छ। एउटा संक्रमित व्यक्तिले पुरै गाउँ संक्रमित बनाउन सक्छ। यसको अर्थ मलाई सरेको छैन वा मलाई सर्दैन भनेर ढुक्क नबसौँ। इटली, अमेरिका जस्तो हालत भयो भने नेपाल सखाप हुन्छ”, डा. पाण्डेले भने।
" /> काठमाडौं। चार जनामा नोबल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै सुदूरपश्चिममा कोभिड–१९ को जोखिम बढेको छ। २२ चैतमा कैलालीमा एकैपटक तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि कञ्चनपुर र कैलालीलाई सरकारले उच्च जोखिमयुक्त क्षेत्र तोकेको छ।सुदूरपश्चिम प्रदेश उच्च जोखिममा हुनुको एउटै कारण हो, रोजगारीका क्रममा भारतमा रहेका नेपालीहरू ठूलो संख्यामा भित्रिनु। पछिल्लो एक महीनामा मात्र भारतबाट एक लाख ९९ हजार नेपाली भित्रिएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

">